Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज मंसिर ९ गते शनिबारको राशीफल

  •   ३ वर्ष अघि | ९ मंसिर २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल मंसिर ९ गते, कार्तिक शुक्ल त्रयोदशी तिथी शनिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज शुभकार्यको चर्चा हुनेछ, व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने र नयाँ योजना पनि बन्नेछ।

वृष – तपाइको आज शिक्षामा सामान्य सफलता मिल्ला। महत्त्वपूर्ण कामको थालनी होला। मनमा शान्ति र प्रसन्नता छाउनेछ भने समाजसेवामा मन पनि जाला।

मिथुन - तपाईको आज मनमा दुबिधा उत्पन्न होला। स्वास्थ्यप्रति सजग रहन आवश्यक छ र आफ्नो अधिकार प्राप्तिका लागि बढी संघर्ष गर्नु पर्नेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज बिनाप्रतिस्पर्धा फाइदा , घर परिवारसँग सुख र मनोरञ्जन पूर्वक दिन बित्ने र नसोचेको ठाउँबाट धनागम हुने योग छ।

सिंह – तपाईको आज वित्तिय संस्थाबाट सहयोग पाइएला। महिला वर्गबाट विशेष सहयोग मिल्नुका साथै धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नसक्छन।

कन्या - कन्या राशीका तपाईको आज नयाँ विद्या र ज्ञान सिक्ने मौका मिल्नुका साथै आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिएला। धर्मकर्म तथा समाजसेवामा मन जानेछ।

तुला - तपाइको आज चोटपटकको भय रहेकोले बढी सचेत रहनुहोला। मालसामान हराउन सक्नेछ। सहकर्मीबाट विरोध आउनाले गलत निर्णय लिन पुगिएला विचार गर्नुहोला।

वृश्चिक – तपाईको आज साथीभाइसँग समय बित्नेछ। स्वादिष्ट सुखद् भोजन पाइएला। पार्टी तथा सेमिनारमा सहभागी भइने छ। प्रयत्न गरे फाइदा लिन सकिएला।

धनु – तपाइको आज नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्ला। स्वादिष्ट खानपिन खान पाइने र एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला।

मकर - मकर राशीका तपाइको आज कृषि कारोबारमा सफलता पाइएला। ठीक समयमा सही निर्णय लिन सकिनेछ। कलासाहित्यमा रुचि बढ्ने र सामाजिक कार्य अघि बढ्नेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज शेयर बजारले साथ दिने तर आफ्नो विचार विपरित निर्णय हुनेछ, गरेको काममा ढिलासुस्तीका साथै साझेदारीमा पनि उल्झन आउन सक्छ।

मिन – तपाइको आज वैदेशिक क्षेत्रको काम अधुरै रहनेछ। सामाजिक र राजनैतिक कार्यमा विशेष सफलता पाइएला। सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप