Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज मंसिर ३० गते शनिबारको राशीफल

  •   ३ वर्ष अघि | ३० मंसिर २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल मंसिर ३० गते, मंसिर शुक्ल चतुर्थी तिथी शनिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको आज नयाँ र शुभ समाचार पनि सुन्न पाइनेछ। धर्मकर्ममा रुचि बढ्ने र गरेका कामबाट राम्रै लाभ हुनेछ। रोकिएका अधुरा कार्यको थालनी पनि होला।

वृष – तपाइको आज अतिथिको रुपमा सेवा हुनेछ। रोकिएको धन हात पर्ने र मिष्ठान्न भोजन प्राप्ति होला। मनोरञ्जनमा सहभागी भइनेछ भने साँझमा पैसा खर्च हुने योग रहेको छ।

मिथुन - तपाईको आज आफन्त तथा विश्वास गरेकैबाट धोका होला। आफन्तजन सँग मनमुटाब बढ्ने र विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्ने देखिन्छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज आर्थिक लाभ रहने र कुनै कुराले मनमा शान्ति छाउने छ। श्रमको उचित मूल्याङ्कन होला। साथी भाइको भेटघाटले मन प्रफुल्ल रहने छ।

सिंह – तपाईको आज शुभकार्यको चर्चा हुनेछ। कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्ने र मनमा उत्साहका साथै बोली बिक्ने तथा कार्य सिद्धिको योग रहेको छ।

कन्या – कन्या राशी हुनेहरुको लागी आज शुभ समाचार सुन्नमा पाइएला, चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध होला। चिताएको कामले तीव्रता लिने र वित्तिय संस्थाबाट सहयोग पाइने छ।

तुला - तपाइको आज साँझमा धन हात पर्नेछ तर महत्त्वपूर्ण अवसर गुम्ने हुनाले आफूलाई कमजोर भएको अनुभूति होला। गरेका कार्यमा ढिलासुस्ती पनि हुनसक्छ।

वृश्चिक – तपाईको आज प्रेम सम्बन्धमा मधुरता छाउने र रोकिएको धन हात पर्ने तथा स्वादिष्ट भोजन पाइने र आत्मबल बढाएर काम गरेमा सफल भइने समय छ।

धनु – तपाइको आज शुभकार्यको चर्चा हुनेछ। वित्तिय संस्था बाट सहयोग र विशिष्ट व्यक्तिको सहयोग पाइएला। विश्वास गरेकाले साथ दिनेछन्।

मकर - मकर राशीका तपाइको आज वैदेशिक क्षेत्रको काम अघि बढ्ने र धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् भने पठनपाठनमा प्रगतिका साथै आफन्तको सहयोग प्राप्त हुनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज लामो यात्रा सफल होला, कार्यमा अवरोध आउनसक्छ। मालसामान हराउने वा नोक्सानी होला। दिनको उत्तरार्धमा बढी धन खर्च हुने देखिन्छ।

मिन – तपाइको आज अचल सम्पत्ति हात पर्ने योग रहेको छ। शुभ कार्यमा सरिक भइएला। नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर पाइनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप