Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज मंसिर २९ गते शुक्रबारको राशीफल

  •   ३ वर्ष अघि | २९ मंसिर २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल मंसिर २९ गते, मंसिर शुक्ल तृतिया तिथी शुक्रबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको आज अध्ययन र अध्यापनको कार्य अघि बढ्ने देखिन्छ। पुरानो समस्या सुल्झाउन सकिएला। देश र सामाजिक हितमा मन जानेछ।

वृष  तपाइको आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्ने र सामान हराउने वा चोरी हुने सम्भावना रहेको छ। साझेदारी काममा उल्झन आउनेछ।

मिथुन - तपाईको आज आफ्नो परिश्रमअनुसार उपलब्धि पनि राम्रै हुनेछ। महत्त्वपूर्ण कामको योजना बन्ने र सामाजिक क्षेत्रबाट सफलता पाइनेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज साहित्य र मनोरञ्जनमा रुचि बढ्ने तथा भाग्यले विभिन्न अवसर दिनेछ। कुनै कुराले मनमा शान्ति छाउन सक्छ।

सिंह तपाईको आज पुराना योजना बिस्तारै अघि बढ्ने र नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय रहेको छ भने धार्मिक र सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने देखिन्छ।

कन्या – कन्या राशी हुनेहरुको लागी आज खर्च बढ्ने योग रहेको छ, लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न सकिदैँन, सहकर्मीबाट विरोध पनि आउन सक्नेछ।

तुला - तपाइको आज व्यापार व्यवसायमा भने त्यति राम्रो नहुनसक्छ। ठीक समयमा सही निर्णय लिन सक्नुहुनेछ। राजनैतिक क्षेत्रमा सफलता पाइएला।

वृश्चिक  तपाईको आज स्वास्थ्य प्रति भने सजगता अपनाउनु होला।

धर्मकर्म तथा समाजसेवामा मन जाने तथा सफल यात्राको योग रहेको छ।

धनु  तपाइको आज व्यापार व्यवसायबाट धनलाभ नहुने देखिएको छ। अरुलाई प्रभावित पारेर काम बन्न सक्छ। न्यायिक कार्यमा सफलता पाइएला।

मकर - मकर राशीका तपाइको आज सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुनेछ। मनमा उत्साह र उमङ्गको कमी देखिएला। गरिएको कामबाट लाभ लिन सकिँदैन।

कुम्भ - कुम्भ राशीका तपाइको आज विद्या र नयाँ ज्ञान सिक्ने मौका पाइनेछ। धैर्य एवं लगनशीलताले अवसर देलान। प्रेम सम्बन्ध अझै कसिलो होला।

मिन – तपाइको आज साथीभाइहरूले राम्रै सहयोग गर्नेछन। नयाँ अवसरहरू आउनाले मन प्रसन्न हुनेछ। स्वादिष्ट भोजनको योग रहेको छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप