Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज मंसिर २४ गते आइतबारको राशीफल

  •   ३ वर्ष अघि | २४ मंसिर २०८०, आइतवार

शुभ बिहानी, आज २०८० साल मंसिर २४ गते, मंसिर कृष्ण द्वादशी तिथी आइतबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको आज समाजिक कार्यमा मन जाने र वित्तिय संस्थाबाट सहयोग पाइनेछ। दाम्पत्य जीवनमा मधुरता छाउनुका साथै मान प्रतिष्ठामा वृद्धि हुने देखिन्छ।

वृष – तपाइको आज धैर्य एवं लगनशीलताले अवसर पनि दिनेछ, शैक्षिक क्षेत्रमा सफलता पाइएला। दाम, इनाम र प्रतिष्ठा कमाउने समय रहेको छ।

मिथुन - तपाईको आज नयाँ ज्ञान सिक्ने मौका पाइएला। शुभकार्यको चर्चा हुनेछ। चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुने र विशिष्ट व्यक्तिको सहयोग पाइने समय छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज आफूलाई कमजोर भएको अनुभूति हुनाले स्वास्थ्य प्रति सजग रहनु होला। पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रन सक्छ।

सिंह – तपाईको आज शेयर बजारले पनि साथ दनसक्छ। आफन्तको प्रगतिमा मन रमाउने र विशिष्ट व्यक्तिको साथ र सहयोग पनि पाइएला।

कन्या – कन्या राशी हुनेहरुको लागी आज व्यापार व्यवसायमा फाइदा हुनसक्छ। शुभकार्यको चर्चा हुनेछ। लाभदायक योजना बन्ने र सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ।

तुला - तपाइको आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला, भाग्यले विभिन्न अवसर दिनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउने देखिन्छ।

वृश्चिक – तपाईको आज सरकारी निकायको भय रहला, बन्न लागेको काम बिग्रिन सक्छ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ।

धनु – तपाइको आज सञ्चार र प्रविधि मार्फत आफन्तसँग भेटघाट होला। दैनिक कार्यमा प्रगति हुनुका साथै राजनैतिक कार्यमा सफलता पाइएला।

मकर - मकर राशीका तपाइको आज शुभकार्यको चर्चा हुने र योजना पनि बन्न सक्छ। शत्रुमाथि विजय प्राप्त होला, श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जान सक्छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज काम देखाएर अरूको मन लोभ्याउन सकिएला। धर्मकर्म तथा समाजसेवामा मन जानेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता पाइएला।

मिन – तपाइको आज तीर्थ वा मन्दिरको भ्रमण होला। विवादमा भाग नलिनु राम्रो होला। विद्यामा सोचेजस्तो प्रगति गर्न धेरै समय दिनुपर्नेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप