Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज मंसिर २३ गते शनिबारको राशीफल

  •   ३ वर्ष अघि | २३ मंसिर २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल मंसिर २३ गते, मंसिर कृष्ण एकादशी तिथी शनिबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको आज शुभ कार्यको चर्चा हुनेछ, भाग्यले विभिन्न अवसर दिने र श्रमको उचित मूल्याङ्कन होला। स्वास्थ्यमा सुधार आउनसक्छ।

वृष  तपाइको आज बोलीको प्रभावले अरुको मन जित्न सकिएला। शुभकार्यको चर्चा हुने र साहित्य तथा सङ्गीतमा रुचि बढेर जानेछ। दाम्पत्य जीवन सुखमय होला।

मिथुन - तपाईको आज भूमिबाट लाभ हुनेछ, नयाँ कार्यको योजना बन्ने तथा प्राप्ति होला। सामाजिक र कूटनैतिक क्षेत्रमा सफलता पाइएला। कर्कट - कर्कट राशी हुनेहरुको लागी आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नाले निर्णायक क्षमतामा कमी आउला। प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न होला।

सिंह तपाईको आज साथी भाइको भेटघाटले मन प्रफुल्ल हुनेछ। धर्मकर्म तथा समाजसेवामा मन जानुका साथै आँटेको र ताकेको कार्य पुरा हुनेछन।

कन्या – कन्या राशी हुनेहरुको लागी आज धर्मकर्ममा मन जानेछ। भाग्यले साथ दिने र दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ। सफल रमाइलो यात्राको योग पनि रहेको छ।

तुला - तपाइको आज नजिकको व्यक्तिबाट सहयोग पाइएला। समाजमा हितको लागि लाभदायक छलफल होला। शैक्षिक क्षेत्रमा सफलता पाइएला।

वृश्चिक  तपाईको आज नजिकका व्यक्तिबाट धोका पाइने योग हुनाले  यात्रा गर्दा सचेत रहनुहोला। महत्त्वपूर्ण अवसर गुम्न पनि सक्नेछ। झन्झटिलो काममा संलग्न हुनुपर्ने समय रहेकोछ।

धनु  तपाइको आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होलान। आफन्त र राज्यबाट मान सम्मान पाइएला। विद्या र बुद्धिको विकास होला।

मकर - मकर राशीका तपाइको आज मनोबल उच्च रहला। प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय रहेको छ। जोशजाँगर र उमंग बढ्नुका साथै धर्मकर्म तथा समाज सेवामा मन जानेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज होला। विपरित वर्गबाट विशेष सहयोग पाइएला। विशिष्ट व्यक्तिको सहयोग पनि मिल्नेछ।

मिन – तपाइको आज स्वास्थ्य प्रति सजगता अपनाउन जरूरी होला। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ने र आफूलाई कमजोर भएको अनुभूति पनि होला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप