Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज मंसिर १८ गते सोमबारको राशीफल

  •   ३ वर्ष अघि | १८ मंसिर २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल मंसिर १८ गते, मंसिर कृष्ण सप्तपी तिथी सोमबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज रचनात्मक कार्यमा जुट्दा फाइदा होला, बोलीवचन, प्रवचन र भाषण आदिमा प्रशंसा पाइएला। परोपकारी कार्यमा संलग्न भइएला।

वृष – तपाइको आज गरेको कार्यबाट सफलता भने नमिल्न सक्छ। स्वास्थ्य प्रति सजग रहनु होला। सामाजिक काममा व्यस्त हुने समय छ।

मिथुन - तपाईको आज मनमा हर्ष र प्रसन्नता छाउला। घरपरिवारमा रमाइलो वातावरण बन्नेछ। परोपकारका क्षेत्रमा लगानीको समय रहेको छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी लोकप्रियताको अवसर प्राप्त होला, आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय रहेको छ। परोपकारजन्य कार्यमा लगाव बढेर जाला।

सिंह – तपाईको आज दूरदराजमा रहेका आफन्तजनसँग भेटघाट हुनाले मन खुसी होला। धार्मिक र सामाजिक महत्त्व क्षेत्रको भ्रमण हुनेछ।

कन्या – कन्या राशी हुनेहरुको लागी साँझमा शुभ समाचार सुन्न पाइएला। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्नेछ। स्वरोजगारीका निम्ति मानसिक चिन्ता बढ्न सक्छ।

तुला - तपाइको आज वाणीमा कुशलता आउने दिन रहेको छ। भविष्य र करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ला।

वृश्चिक – तपाईको आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको कार्यमा सफलता मिल्न सक्छ ।

धनु – तपाइको आज पारिवारिक जमघट र भेटघाट होला। प्रविधि मार्फत दैनिकी सहज होला। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्नसक्छ।

मकर - मकर राशीका तपाइको आज काम बिगार्न चाहनेहरू अगाडि बढ्नेछन। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पार्ला। यात्राले दुःख हुन सक्नेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज भाग्यले साथ देला। परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइएला। सजिलै अरूको मन जित्न सकिएला।

मिन – तपाइको आज यात्राले शरीरमा ऊर्जा दिनेछ। जिम्मेवारी बढ्न सक्ने समय आएको र मठमन्दिरको दर्शनले काम सम्पन्न गर्न मद्दत पुर्याउनेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप