Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज मंसिर १० गते आइतबारको राशीफल

  •   ३ वर्ष अघि | १० मंसिर २०८०, आइतवार

शुभ बिहानी, आज २०८० साल मंसिर १० गते, कार्तिक शुक्ल चतिर्दशी तिथी आइतबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज शुभ र नयाँ कार्यको योजना पनि बन्न सक्छ, सहकार्यको अवसर पाइएला। नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा होला।

वृष  तपाइको आज चोटपटकको भय रहेकोले स्वास्थ्य प्रति सजग रहनु होला, नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्न सक्छ। साँझमा धन खर्च बृद्धी हुनेछ।

मिथुन - तपाईको आज परिश्रम गर्दा धनार्जन होला, नयाँ विद्या र परीक्षा राम्रो हुनसक्छ। नसोचेको ठाउँबाट धन हात पर्ने र धार्मिक तथा समाजसेवामा मन जानेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज बौद्धिकताको विकास होला, रोजगारको अवसर पाइएला। राजनैतिक कार्यमा सफलता मिल्नुका साथै बन्धु बान्धवबाट विशेष सहयोग पाइएला।

सिंह तपाईको आज वैदेशिक कार्यमा भने समस्या आउने देखिएको छ, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ र धनार्जनका नयाँ योजना बन्नेबन्न सक्छ।

कन्या - कन्या राशीका तपाईको आज मुद्दा मामिला आइलाग्नाले र कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु पर्नेछ। आर्थिक क्षेत्रमा सङ्कट आउन सक्छ।

तुला - तपाइको आज व्यापार व्यवसायबाट लाभ हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होला। नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर पाइनेछ।

वृश्चिक  तपाईको आज व्यापार व्यवसायबाट लाभ मिल्ला। कूटनैतिक कार्यमा सफलता पाइएला। विद्या र बुद्धिको विकास होला। नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्ने र कार्यसिद्धि पनि हुनेछ।

धनु  तपाइको आज मनोरञ्जनात्क तरिकाले दिन बित्नेछ। मित्र वा आफन्तको साथ र सहयोग पाइएला। साथी भाइको भेटघाटले मन प्रसन्न हुनेछ ।

मकर - मकर राशीका तपाइको आज मानसिक चिन्ता बढ्न सक्छ। घरायसी झमेलामा परिने र प्रेममा मनमुटावका साथै मन कमजोर रहला। मालसामान पनि हराउन सक्छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज सेवा गर्ने योग रहेको छ, धर्मकर्म तथा समाज सेवामा मन जाला। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिएला।

मिन – तपाइको आज पठनपाठनमा प्रगति होला। सफल यात्रा हुने र महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप