शुभ बिहानी, आज २०८० साल जेठ २९ गते, असार कृष्ण नवमी तिथी सोमबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज कुनै रोगले दु:ख दिने समय रहेको छ, खानामा सतर्कता
अपनाउनु राम्रो होला,
विशेषगरी उत्तर दिशाको यात्रामा अलि बढी ध्यान
पुर्याउनु पर्नेछ।
वृष - तपाईको
आज नयाँ र शुभकार्यको चर्चा होला, सामाजिक
क्षेत्र र नोकरीबाट मानसम्मान पाइएला, घर जग्गाको कारोबारमा सफलता मिल्न सक्छ।
मिथुन - तपाईको
आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर आउछ।
बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण होला।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज मन मिल्ने साथीको सहयोग र हौसला मिल्ने, काम देखाएर
अरूको मन लोभ्याउन सकिने र रमाइलो यात्राको योग देखिन्छ।
सिंह – तपाईको आज फजुल
खर्चले चिन्ता बढाउला। साना तिना समस्यामा अल्झिनुपर्ने र प्रेमी, प्रेमिकाका बिच खिन्नता बढ्ने सक्नेछ।
कन्या - कन्या राशीका तपाइँको आज धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर पाइएला।
प्रेमीवाट नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव आउन सक्छ।
तुला - आज तपाइको तर्क, विवाद र प्रतिस्पर्धामा पकड रहला, एउटै आर्थिक कारोबारमा
सफलता पाउनुहोला, आफन्तले सहयोग गर्लान।
वृश्चिक – तपाईको आज विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीताको
अवसर आउला, भौतिक साधन जुटाउने समय र रमाइलो यात्राको योग समेत रहेको छ।
धनु – तपाइको आज मित्रहरूले दिएको वचन फेरिन सक्लान। व्यवसायमा
मन्दी आउने र मनको डरले सताए पनि व्यवहारमा फाइदा होला।
मकर - मकर राशीका आज कुनै कुराले मनमा
शान्ति छाउनसक्छ। गरेको जागिरमा पद र प्रतिष्ठा बढ्ने र रोकिएका काम पुनः सुरु हुने
समय छ।
कुम्भ - कुम्भ
राशी हुनेहरुका लागी आज लामो समयदेखि
रोकिएका अधुरा कामहरू पुरा होलान। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउने र मङ्गल
कार्यको योग रहेकोछ।
मिन – आज एकपछि अर्को अवसर आउनाले मन
प्रसन्न होला। व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अबसर रहला। सन्तान सुख मिल्न
सक्ने योग छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता