Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज कार्तिक २७ गते सोमबारको राशीफल

  •   ३ वर्ष अघि | २७ कार्तिक २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल कार्तिक २७ गते, कार्तिक कृष्ण औंशी तिथी सोमबार । आज तिहारको तेस्रो दिन गाई तिहार तथा सोमबारे औंशी । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज कुनै कुराले मनमा शान्ति छाउनेछ, धार्मिक तथा सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुने र शैक्षिक पशुचौपायाबाट लाभ प्राप्त होला।

वृष – तपाइको आज बौद्धिकताको विकास हुने र न्यायिक कार्यमा सफलता पाइनेछ, नयाँ अवसर आउनाले मन प्रसन्न रहला, वैदेशिक क्षेत्रबाट सफलता प्राप्त होला।

मिथुन - तपाईको आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न पनि रहला, बोलीको भरमा कार्य सम्पादन हुने र कतै घुम्न जाने योजना पनि बन्न सक्छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज परिवारका कारण चिन्ता बढ्ने र खर्चको मात्रा ह्वात्तै बढ्न सक्ला। स्वास्थ्यमा समस्या आउने तथा बिक्री र बन्दव्यापार फाइदा नहुन सक्छ।

सिंह – तपाईको आज व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति होला,  विद्या र बुद्धिको विकास हुने र धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने योग छ।

कन्या - कन्या राशीका तपाईको आज नयाँ काम वा रोजगारको अवसर पाइएला मित्र वा आफन्तको सहयोगबाट मिल्ने तथा दूरदराजको यात्रा लाभदायक होला।

तुला - तपाइको आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढेर जानेछ मिष्ठान्न भोजनको अवसर पाइने तथा नजिकको मित्रसँग भेटघाट होला। जोशजाँगर र उमङ्ग पनि बृद्धी होला।

वृश्चिक – तपाईको आज नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु आवश्यक हुनेछ, शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला, घर व्यवहारको समस्याले सताउन सक्छ।

धनु – तपाइको आज घरमा अतिथिको आगमन होला, धर्मकर्म तथा समाजसेवामा मन जानेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला।

मकर - मकर राशीका तपाइको आज बन्धु बान्धवबाट विशेष सहयोग र प्राविधिक काममा सफलता मिल्ने तथा दौडधुप गर्नु परे पनि लाभ नै हुने र रमाइलो यात्राको योग रहेको छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला,  नयाँनयाँ ज्ञान सिक्ने मौका पनि मिल्न सक्छ सुन्दर पहिरनले व्यक्तित्वका निखारता ल्याउला।

मिन – तपाइको आज प्रेमीको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुने छ। सामाजिक र परोपकारका मार्गमा अवरोध आउला। गरेका कार्यमा ढिलासुस्ती हुनेछन।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप