शुभ बिहानी, आज २०८० साल जेठ २२ गते, जेठ शुक्ल प्रतिपदा तिथी सोमबार। आज विश्व वातावरण दिवस। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज मिहिनेत आफूले गर्नुपर्ने तर जस अर्कैले पाउने
कमजोर दिन रहेको छ। आर्थिक क्षेत्रमा सङ्कट आउने र मुद्दा मामिला लाग्ने समय छ।
वृष - तपाईको
आज छोटो दुरीको लाभदायक यात्रा हुनेछ।
प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय छ। धनार्जन हुने र वैदेशिक कार्य
अघि बढ्ने समय रहेको छ।
मिथुन - तपाईको
आज नसोचेको ठाउँबाट धन हात पर्ला। धार्मिक तथा
समाजसेवामा मन जाला, परिश्रम गर्दा धनार्जन होला र नयाँ काम वा रोजगार पाइएला।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज महिला वा मित्रबाट विशेष सहयोग र शैक्षिक
क्षेत्रमा सफलता मिल्ने, पठनपाठनको क्षेत्रमा प्रगति हुनेछ तथा रमणीय र सुखद्
यात्राको योग रहेको छ।
सिंह – तपाईको आज प्रेममा
मनमुटाव हुनाले मन कमजोर रहला। मानसिक चिन्ता बढ्नुका साथै यात्रामा मालसामान
हराउने र घरायसी झमेलामा पर्ने समय छ।
कन्या - कन्या राशीका तपाइँको आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ला, कार्य
क्षेत्र या व्यावसायिक काममा सुधार होला र विद्या, बुद्धिको विकास होला।
तुला - आज तपाइको विद्या
र बुद्धिको विकास होला। नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्न सक्छ। कार्यसिद्धि हुने
अवसर र राजनैतिक कार्यमा सफलता मिल्ने समय छ।
वृश्चिक – तपाईको आज भाग्योदय होला। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने
र काम प्रारम्भ गर्न सकिने समय छ। धर्मकर्म तथा समाज सेवामा मन जानेछ।
धनु – तपाइको आज कलहको र खर्च हुने, विवाद पनि बढ्नेछ तर, दिउँसोबाट विद्या र बुद्धिले गरेको कामबाट राम्रो
लाभ मिल्ने योग रहेको छ।
मकर - मकर राशीका तपाईको आज मित्र
वा आफन्तको सहयोग पाइएला। बौद्धिकताको विकास र मिष्ठान्न भोजन प्राप्ति हुने र
साथी भाइको भेटघाटले मन प्रफुल्ल रहने समय छ।
कुम्भ - कुम्भ
राशी हुनेहरुका लागी आज घरमा अतिथिको
आगमन होला, नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुने र लाभदायक यात्रा तथा नयाँ
कार्यको थालनी हुनेछ।
मिन –
तपाईको आज आफ्नै
दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होलान। नयाँ क्षेत्रमा लगानीको अवसर मिल्ला।
शेयर बजारमा गरेको लगानीले राम्रो प्रतिफल दिनेछ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता