Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज असार १७ गते आइतबारको राशीफल।

  •   ३ वर्ष अघि | १७ असार २०८०, आइतवार

शुभ बिहानी, आज २०८० साल असार १७  गते, असार शुक्ल चतुर्दशी तिथी आइतबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज शैक्षिक क्षेत्र कमजोर रहनसक्छ। अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्ने तथा बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्ने समय छ।

वृष - तपाईको आज नयाँ धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन जानेछ। बन्धु बान्धवबाट सहयोग पाइएला। इच्छा शक्ति पनि बढेर जाने समय छ।

मिथुन - तपाईको आज साथी भाइको भेटघाटले मन प्रफुल्ल हुनेछ। धार्मिक यात्रामा मन जाला। व्यावसायिक काममा राम्रै हुने तथा योजना पनि बन्ने योग छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज धर्मकर्म र सामाजिक कार्यमा मन जाला। साहित्यिक क्षेत्रमा रूचि बढ्ने तथा काम देखाएर अरूको मन लोभ्याउन सकिने समय छ।

सिंह – तपाईलाई आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्न सक्छ। पुँजी बजारको लगानी कमजोर होला। शैक्षिक क्षेत्र पनि कमजोर देखिन सक्छ।

कन्या - कन्या राशीका तपाईको आज आँटेको र ताकेको कार्य अघि बढ्ने र  पारिवारिक सहयोग, सद्भाव बृद्धि हुने तथा एकपछि अर्को अवसर आउने र मन प्रसन्न हुने योग छ।

तुला - तपाइको आजबाट आज मनोरञ्जन पूर्ण दिन रहला। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनसक्छ। आफ्नै दक्षतामा कार्यहरू सम्पन्न होलान।

वृश्चिक – तपाईको आज कुनै न कुनै कुराले अनुहारमा चमकता आउला। आम्दानी बढाउने योजना गर्न सकिएला। राजनैतिक कार्यमा सफलता पाइएला।

धनु – तपाइको आज विद्या र बुद्धिको ह्रास हुनसक्छ। झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला। सौन्दर्यतामा धन खर्च र शुभ कार्यको चर्चा हुने समय छ।

मकर - मकर राशीका तपाइको आज शुभ समाचार सुन्न पाइएला। मित्रबाट विशेष सहयोग मिल्न सक्छ। जटिल ठानिएको कामसमेत सहजै सम्पादन होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछ। लामो समयदेखि रोकिएका अधुरा कार्यहरू आजै पुरा हुन सक्ने योग छ।

मिन – तपाइको आज सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको सफलता र प्रगतिमा मन रमाउला। पुनर्मिलनको योग पनि रहेको छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप