Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज पुस ७ गते शनिबारको राशीफल

  •   ३ वर्ष अघि | ७ पुस २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल पुस ७ गते, मंसिर शुक्ल एकादशी तिथी शनिबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको आज साथीभाइले सहयोग दिनेछन। घरमा अतिथिको आगमन होला। भूमिबाट लाभ हुनेछ भने एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला।

वृष  तपाइको आज आफन्तसँग मनमुटाव हुनसक्छ, समय मध्यम खालको रहेको छ। सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नु पर्नेछ। माया प्रेममा अविश्वास बढ्नसक्नेछ।

मिथुन - तपाईको आज सामाजिक क्षेत्रमा सफलता पाइनेछ। महत्त्वपूर्ण कामको थालनी होला। लक्ष्मी प्रसन्न हुने तथा परिश्रमअनुसार उपलब्धि पनि राम्रै हने योग छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज विदेश अथवा दूरदराजमा रहेको बसोबास गर्ने व्यक्तिहरूसँग सम्बन्ध सुमधुर रहला। आजको यात्रा लाभदायक अनि सफल होला।

सिंह तपाईको आज शुभकार्यको चर्चा हुनेछ। भाग्यले विभिन्न अवसर दिनेछ भने धर्मकर्म तथा समाजसेवामा मन जानेछ। नयाँ काम सुरु गर्ने समय रहेको छ।

कन्या – कन्या राशी हुनेहरुको लागी आज साझामा नयाँ समाचार सुन्न पाइएला, शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनसक्छ। यात्रामा मालसामान हराउने तथा स्वास्थ्यमा खर्च पनि बढ्नेछ।

तुला - तपाइको आज लाभदायक यात्रा हुनेछ। महिला वा मित्र बाट विशेष सहयोग पाइएला। रोकिएका काम पुनः सुरु हुने तथा आर्थिक कारोबारमा सफलता पाइनेछ।

वृश्चिक  तपाईको आज तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता पाइनेछ। लगानीमा रहेको रकम फिर्ता आउने तथा कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्न सक्छ।

धनु  तपाइको आज आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला। धैर्य एवं लगनशीलताले अवसरहरु दिनेछन। प्रेम सम्बन्ध कसिलो हुनुका साथै नयाँ ज्ञान सिक्ने मौका पाइनेछ।

मकर - मकर राशीका तपाइको आज शेयर बजारमा असफल भइएला। लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नपर्नसक्छ। नियमित खर्चसमेत बढ्ने योग रहेको छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज घरमा अतिथिको आगमन होला। जटिल ठानिएको कामसमेत सम्पादन होला भने धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना रहेको छ।

मिन – तपाइको आज शुभारम्भको चर्चा हुनेछ। आँटेको काम पुरा हुने छ भने नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने तथा सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने समय समय रहेको छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप