Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज पुस २७ गते शुक्रबारको राशीफल

  •   ३ वर्ष अघि | २७ पुस २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल पुस २७ गते, पुस शुक्ल प्रतिपदा तिथी शुक्रबार । सन २०२४ जनवारी १२ तारिक । आज पृथ्वी जयन्ती । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको आज प्रेम जीवन सफल रहनेछ भने स्वादिष्ट भोजनको अवसर प्राप्त होला, पराक्रम बढ्नुका साथै धन लाभको योग पनि रहेको छ ।

वृष – तपाइको आज लाभदायी छलफल होला। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिन सक्नेछन्। अरुलाई प्रभावित पारेर काम बन्नसक्छ।

मिथुन - तपाईको आज दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला, सचेत रहनु आवश्यक छ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज शैक्षिक क्षेत्रमा सामान्य सफलता पाइएला। रोकिएका अधुरा कामहरू पुरा हुनेछन। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला

सिंह – तपाईको आज शैक्षिक क्षेत्र राम्रो होला। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ भने खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्ने देखिन्छ।

कन्या – कन्या राशी हुनेहरुको लागी अनावश्यक हिँडडुल नगरेकै जाती होला। आफन्त र मित्रवर्गको सहयोग पाइएला। प्राविधिक र स्वास्थ्य विषयमा बढी सफलता मिल्नेछ।

तुला - तपाइको आज काम बिगार्नेहरु सक्रिय रहनेछन नियमित खर्चसमेत बढ्ने देखिन्छ। स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु जरुरी छ।

वृश्चिक – तपाईको आज नजिकको व्यक्तिबाट सहयोग पाइएला। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होला। धार्मिक तथा समाजसेवामा मन जानेछ।

धनु – तपाइको आज विदेशमा रहेका आफन्त सँग कुराकानी होला। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिएला। धर्मकर्म तथा समाज सेवामा मन जानेछ।

मकर - मकर राशीका तपाइको आज अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त हुनेछ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्न सक्छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज शिक्षामा अवरोध आउला। सामाजिक क्षेत्रमा धन खर्च होला। प्रेममा मनमुटावका साथै मन कमजोर हुनेछ।

मिन – तपाइको आज नयाँ कार्यको योजना बन्नुका साथै शुभ कार्यको चर्चा पनि होला। आफन्तबाट सहयोग प्राप्त हुनेछ भने पढाइ लेखाइमा प्रगति होला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप