Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज फागुन २९ गते सोमबारको राशीफल।

आज फागुन २९ गते चैत कृष्ण षष्ठी तिथी सोमबार।

  •   ४ वर्ष अघि | २९ फाल्गुन २०७९, सोमवार

शुभ बिहानी, आज फागुन २९ गते चैत कृष्ण षष्ठी तिथी सोमबार। न्युज बहारको.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।

मेष- मेष राशि हुनेहरुको आज मन खिन्न हुन सक्छ। खानपानमा ख्याल गर्नुपर्ने हुन्छ। नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ त्यसैले सचेत रहनुहोला।

वृष – तपाईले आज काम देखाएर अरूको मन लोभ्याउन सक्नुहुनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला आएको छ। आतिथ्यपूर्ण सम्मान पाइन योग छ।

मिथुन – आज तपाईंलाई प्राविधिक कार्यमा राम्रो सफलता मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ भने प्रेम, मित्रता र दाम्पत्य सुखले प्रफुल्लित भइने बेला छ।

कर्कट - कर्कट राशी हुनेहरुका लागी आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। प्रविधि मार्फत आफन्तसँग भेटघाट हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनु होला।

सिंह –तपाईको आज नाक तथा घाँटीमा समस्या आउन सक्छ। राजनैतिक कार्यमा बाधा आउनेछ भने अभिभावकको आशीर्वादले काम गर्न सकिएला।

कन्या –   आज कन्या राशीका तपाईहरुलाई कुनै समाचारले मनमा शान्ति छाउनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ भने  भीडभाडबाट बचेर हिँड्नु नै उचित होला।

तुला – तपाइको आज महिला वा मित्रबाट विशेष सहयोग प्राप्त होला। अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग पनि रहेको छ।

वृश्चिक - तपाईको आज घरमा शुभकार्यको चर्चा चल्नेछ। अनुहारमा चमक छाउनेछ र मन प्रसन्न रहला। आँटेको र ताकेको कार्य विस्तारै अघि बढ्नेछ।

धनु – तपाइसँग आज नजिकका व्यक्ति टाडिनसक्छन्, बोल्दा सावधानी अपनाउनु होला। आहार विहारमा पनि सजगता अपनाउनु होला।

मकर - आज मकर राशीका तपाई दानपुण्यका कार्यमा सहभागी भइनेछ। सानो प्रयासले ठूलो काम सम्पादन हुनेछ। व्यावसायिक नयाँ योजना पनि बन्नला।

कुम्भ- कुम्भ राशी हुनेहरुका लागी आज प्रणयसम्बन्ध अघि बढ्ने समय रहेको छ। कार्य सम्पादनमा केही सहजता आउँला र प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ ।

मिन - आज तपाईको राजनैतिक कार्यमा सफलता मिल्नेछ। नयाँ योजना र शुभकार्यको चर्चा चल्नेछ। दिनको उत्तरार्ध सुखद् रहनसक्छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप