शुभ बिहानी, आज फागुन २० गते फागुन शुक्ल द्वादशी तिथी शनिबार । न्युज बहारको.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा
मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।
मेष- मेष राशि हुनेहरुको लागी आज भाग्य बलमा कमी भएको आभास हुनेछ।
सामाजिक काममा व्यस्त हुने समय रहेको छ, तर गरेको कार्यबाट सफलता भने नमिल्ने
देखिन्छ।
वृष – आज कडा गरिको परिश्रम व्यर्थै खेर जान
सक्छ। सामाजिक र परोपकारका मार्गमा अवरोध हुन सक्छ। आहार विहारमा भने सजग रहनु
होला।
मिथुन - आज तपाईको भाग्यले साथ दिनेछ। आज परोपकार तथा सहयोग आदिमा पनि
भूमिका निर्वाह गर्न सकिनेछ। सजिलै अरूको मन जित्न सकिएला।
कर्कट - कर्कट राशी हुनेहरुको आज घरपरिवारमा रमाइलो वातावरण छाउनेछ। परोपकारका
क्षेत्रमा लगानीको समय देखिएको छ। कुनै खबरले मनमा हर्ष र प्रसन्नता छाउन सक्छ।
सिंह – आज तपाईको डिजिटल प्रविधि मार्फत दैनिकी सहज हुनेछ। आफूसँग
भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि पाइने छ। र अन्तिममा पारिवारिक भेटघाट हुने
योग छ।
कन्या – आज तपाइको जिम्मेवारी बढ्न सक्ने छ। मठमन्दिरको
भ्रमणले काम सम्पन्न गर्न मद्दत पुर्याउछ भने शरीरमा ऊर्जा समेत प्रदान गर्नेछ।
तुला – तपाइको आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य
सम्पन्न हुने योग छ। गोपनीय ढङ्गले गरिएको कार्यमा सफलता हात पर्न सक्छ।
वृश्चिक –आज तपाईको दिन घरमै
मनोरञ्जनपूर्ण रहला। सामाजिक तथा परोपकारजन्य कार्यमा लगाव बढ्ने र लोकप्रियताको
अवसर प्राप्त हुने योग छ।
धनु – आज तपाइलाई घरायसी
वातावरणमा केही असामान्यता आउन सक्छ। परिवारभित्रका झिनामसिना काममा झन्झट र समय
खर्चनु पर्ने हुन सक्छ।
मकर – मकर राशीका तइपको आज वाणीमा कुशलता आउने दिन
रहेको छ। नयाँ काम र करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण
भूमिका निर्वाह गर्ने देखिन्छ ।
कुम्भ- आज कुम्भ राशी हुनेहरुका लागी बोलीवचन र भाषण आदिमा प्रशंसा मिल्नेछ। रचनात्मक
कार्यमा जुट्दा फाइदा हुनेछ, तर
स्वास्थ्य प्रति सजग रहन आवश्यक छ।
मिन – आज तपाईलाई धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहने छ साथै
सेयरबजारबाट राम्रै लाभ हुनसक्छ, तर मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस्
शुभदिन ।
- न्युज बहार संवाददाता