Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज फागुन १२ गते शुक्रबारको राशीफल ।

हेरम आजको राशिफल कस्तो होला ।

  •   ४ वर्ष अघि | १२ फाल्गुन २०७९, शुक्रबार

शुभ बिहानी आज फागुन १२ गते शुक्रबार ,फागुन शुलक पञ्चमी तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले ज्यो. प. नारायण प्रसाद दुलालको राशिफल लिएर आएका छौं हेरम आजको राशिफल कस्तो होला

मेष – आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

वृष –  दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।

मिथुन –मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय पनि रहेको छ । आज धर्मकर्ममा रुचि बढ्ने र शुभ समाचार सुन्न पाइएला ।

कर्कट – आजको दिनमा दिन भोजभतेरमा सहभागी हुनुपर्ला । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । हाँसखेल र मनोरञ्जनपूर्ण समय हो ।

सिंह - रमाइलो र खानपिनको सम्भावना छ । लामो समयदेखि रोकिएका अधुरा कामहरूको पुन योजना बन्नेछ । त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

कन्या –  आज पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित नहुनसक्छ । रोकिएका कमहरूले चिन्ता बढाउनेछ । न्यायिक कार्य पनि कमजोर नै रहनेछ ।

तुला – सभा समारोहमा सरिक हुने सम्भावना छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ ।

वृश्चिक –  परिवारजनको साथले नयाँ आशा पलाउनेछ । आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

धनु – आज लाभदायक भेटघाटलाई नकार्न सकिदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पनि पाउनेछन् ।

मकर – आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । सामान हराउन सक्नेछ । खानपिनमा सावधानी अपनाउनु पर्नेछ । आफन्त सँग मनमुटाव बढ्ला ।

कुम्भ – आज बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा शान्ति पनि छाउनेछ ।

मिन – आज बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन ।

थप