Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज भदौ २३ गते शनिबारको राशीफल।

  •   ३ वर्ष अघि | २३ भदौ २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल भदौ २३ गते, भदौ कृष्ण दशमी तिथी शनिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज न्यायिक निर्णयहरू तपाईँकै पक्षमा निर्णय होला। मित्रबाट विशेष सहयोग मिल्ला, शेयर बजारमा भने नोक्सानी हुनसक्छ।

वृष – तपाइको आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। अरुको मन पनि जित्न सकिएला, तर पढाइमा बढी मेहनत गर्दा मात्र सफल भइएला।

मिथुन - तपाई आज प्रविधि मार्फत आफन्त सँग भेटघाट होला। अधुरा काम पुन: सुरु हुनेछ। उपहार पाइने सम्भावना रहेको छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज सामान हराउने, नयाँ ठाउँमा लगानी गर्नु पनि उचित नहुने र कृषि व्यवसायबाट राम्रै आम्दानी गर्न सकिने योग छ।

सिंह – तपाईको आज वित्तिय संस्थाबाट सहयोग पाइएला। प्रेम जीवनमा मधुरता छउला। लाभदायक तथा कर्तव्य पूर्ण यात्रा होला।

कन्या - कन्या राशीका तपाईको आज व्यवसायमा सफलता पाइएला। श्रमको उचित मूल्याङ्कन होला, तर शेयर बजारको लगानीमा नोक्सानी हुनसक्छ।

तुला - तपाइको आज साहित्यिक क्षेत्रमा रुचि बढ्ने, चिन्ता छाडेर चिन्तन गर्ने र प्रेम प्रसङ्गमा नजिक हुन सकिने समय छ।

वृश्चिक – तपाईको आज सानातिना समस्यामा अल्झनुपर्ला। सरकारी निकायको भय हुनेछ। स्वास्थ्य प्रति पनि सजग रहनु होला।

धनु – तपाइको आज दाम्पत्य जीवन सुखमय रहनेछ। स्वादिष्ट भोजन र परिकारको अवसर मिल्ला। शुभकार्यको चर्चा पनि हुनेछ।

मकर - मकर राशीका तपाइको आज साङ्गीतिक क्षेत्रमा रुचि बढ्ने र आफन्तले राम्रै सहयोग गर्लान। नयाँ र शुभकार्यको चर्चा पनि हुनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज कुनै न कुनै कुराले मनमा प्रसन्नता छउला। नयाँ कार्यको योजना बन्ने र अरूलाई सहयोग पनि गर्न सकिएला।

मिन – तपाइको आज स्वास्थ्य जाँचको लागि अस्पताल जानु पर्नेछ, धन खर्च हुनसक्छ तर साँझ सम्ममा शुभ समाचार सुन्न पाइएला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप