Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज भदौ १२ गते मंगलबारको राशीफल।

  •   ३ वर्ष अघि | १२ भदौ २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल भदौ १२ गते, साउन शुक्ल त्रयोदशी तिथी मंगलबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज विशिष्ट व्यक्तिको साथ पाइएला। आँटेको र ताकेको कार्य पुरा हुनेछन। साहित्यिक क्षेत्रमा रुचि बढ्ने तथा परोपकारका क्षेत्रमा लगानीको समय रहेको छ।

वृष – तपाइको आज साथीभाइको सहयोगले हिम्मत दिनेछ। धार्मिक तथा समाजसेवामा मन जानेछ भने व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग रहेको छ।

मिथुन - तपाईको आज आफन्तजन सँग मनमुटाब बढ्ने तथा सवारी साधनमा यात्रा गर्दा विशेष ध्यान दिनुपर्ने देखिन्छ। विद्यामा सफलता पाउन निकै नै मेहनेत गर्नु पर्ला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाइने, रमाइलो यात्रा हुने, मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुने योग रहेको छ।

सिंह – तपाईको आज स्वादिष्ट भोजनको अवसर मिल्ने, मनोरञ्जनमा सहभागिता भइने, महिला वा मित्र बाट विशेष सहयोग मिल्ने तथा बिनाप्रतिस्पर्धा फाइदा हुने योग रहेको छ।

कन्या - कन्या राशीका तपाईको आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण होला। कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्ने तथा अध्ययन अध्यापन सफल हुनेछ।

तुला - तपाइको आज नाराम्रो अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्ने हुन सक्छ। आर्थिक कारोबारमा विवाद आउला। खानपिनमा सचेत रहन आवश्यक होला।

वृश्चिक – तपाईको आज न्यायिक कार्यमा सफलता मिल्ला। अरुलाई प्रभावित पारेर काम बन्ने र परिवारमा रमाइलो जमघट हुने तथा अभिभावकले सन्तुष्टि जनाउने छन।

धनु – तपाइको आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव दिनेछ। प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्ला। कार्यमा सफलता पनि पाइएला।

मकर - मकर राशीका तपाइको आज राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने हुनाले सार्वजनिक पद पाउने योग छ । भौतिक सुख पनि मिल्ला।

कुम्भ - कुम्भ राशीका तपाइको आज सानातिना समस्यामा अल्झनुपर्ला। पाचनप्रणालीमा समस्या देखिएला। दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती कार्य गरिएला सचेत हुनुहोला।

मिन – तपाइको आज रोकिएका अधुरा कामहरू पुरा होलान। बोलीको प्रभाव बढ्ने तथा प्रणयसम्बन्ध र रतिराग बढाउनुका साथै घरमा पाहुनाको आगमन हुने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप