Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असोज १८ गते बिहिबारको राशीफल

  •   ३ वर्ष अघि | १८ असोज २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल असोज १८ गते, असोज कृष्ण षष्ठी तिथी बिहिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज परीक्षा र पढाईमा राम्रै सफलता मिल्नेछ, अनपेक्षित शुभ समाचारले तपाईंको हौसला बढाउला। मनोरञ्जनमा सहभागिता भइएला।

वृष – तपाइको आज नयाँ ज्ञान सिक्ने मौका मिल्ला, कला र गलाको प्रभाव बढेर जानेछ। अचल सम्पत्ति हात पर्ने र आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने योग छ।

मिथुन - तपाई आज बन्न लागेको काम बिग्रेला चुनौतीको सामना गर्नुपर्नेछ। आफूलाई कमजोर भएको अनुभूति होला। मन खिन्न हुने स्थिति आउनसक्छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज व्यापार व्यवसायमा औसत लाभ हुनेछ, लगनशीलताले र वैदेशिक क्षेत्रको कामकामहरू अगाडि बढ्लान।

सिंह – तपाईको आज अरुलाई प्रभावित पारेर काम बन्ला, आजको दिन अविष्मरणीय सम्झनाहरूले बित्नसक्छ। राजनीति अधिकारमा सफलता पाइएला।

कन्या - कन्या राशीका तपाईलाई आज वित्तिय संस्थाबाट र प्रेमीको सहयोग सहयोग मिल्नेछ। सांगीतिक क्षेत्रमा रुचि बढेर जाला। स्वास्थ्यमा सुधार आउनेछ।

तुला - तपाइलाई आज आफू कमजोर भएको अनुभूति हुँदा खानपिनमा सजगता अपनाउनु होला। मनमा शङ्का उत्पन्न हुने र अनावश्यक धन खर्च पनि हुनसक्छ।

वृश्चिक – तपाईको आज धार्मिक यात्रा हुने, अरुलाई प्रभावित पारेर काम बन्ने, कार्य क्षेत्रमा प्रगति हुने र बन्धु बान्धवबाट सहयोग मिल्ने योग छ।

धनु – तपाइको आज शुभकार्यको चर्चा पनि हुने र लगानीको वातावरण बन्नेछ। मुद्दा मामिला र न्यायिक कार्यमा सफलता पाइएला।

मकर - मकर राशीका तपाइको आज आँटेको र ताकेको कार्य पुरा हुनेछ, नयाँ कामको थालनी होला। वैदेशिक कार्य अघि बढ्ने र वित्तिय संस्था बाट सहयोग पाइएला।

कुम्भ - कुम्भ राशीका तपाइको आज वैदेशिक कामहरू सहजै अघि बढलान। आफ्नो काममा आफ्नै व्यक्तिहरूले बाधा उत्पन्न गराउँनेछन। स्वास्थ्य संवेदनशील रहला।

मिन – तपाइलाई आज सेयरबजारबाट लाभ मिल्नेछ, बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ। अतिथिको रूपमा सत्कार पाइएला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप