Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज मंसिर २८ गते बिहिबारको राशीफल

  •   ३ वर्ष अघि | २८ मंसिर २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल मंसिर २८ गते, मंसिर शुक्ल द्वितिया तिथी बिहिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको आज शैक्षिक क्षेत्र राम्रै होला। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय छ भने खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढेर जानेछ।

वृष – तपाइको आज प्रेम जीवन पनि सफल रहला। स्वादिष्ट भोजनको अवसर पाइएला। पराक्रम बढ्नुका साथै धन लाभका योग रहेको छ। मिथुन - तपाईको आज लाभदायी छलफल होला। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिएलान। अरुलाई प्रभावित पारेर काम बन्न सक्नेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गरिएला। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ।

सिंह – तपाईको आज नजिकको व्यक्तिबाट सहयोग पाइएला। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होलान। धार्मिक तथा समाजसेवामा मन जानेछ।

कन्या – कन्या राशी हुनेहरुको लागी आज आज आफन्तबाट सहयोग प्राप्त हुनेछ। पढाइ लेखाइमा प्रगति हुनेछ र नयाँ कार्यको योजना बन्न सक्छ।

तुला - तपाइको आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनुका साथै शैक्षिक क्षेत्रमा पनि सामान्य सफलता पाइनेछ ।

वृश्चिक – तपाईको आज काम बिगार्नेको सक्रियता रहने तथा नियमित खर्चसमेत बढ्न सक्छ, स्वास्थ्य क्षेत्र निर्बल रहला, सजगता अपनाउनु नै उचित होला।

धनु – तपाइको आज विदेशमा रहेका आफन्त सँग कुराकानी होला। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिएला। धर्मकर्म तथा समाज सेवामा मन जानेछ।

मकर - मकर राशीका तपाइको आज अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त हुनेछ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्न सक्छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज शिक्षामा अवरोध आउन सक्नेछ। सामाजिक क्षेत्रमा धन खर्च हुने र प्रेममा मनमुटावका साथै मन कमजोर रहन सक्छ।

मिन – तपाइको आज मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ। महत्वकाङ्क्षी योजनामा सफल हुन केही समय पर्खनुपर्नेछ। आफन्तसँग खटपट होला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप