Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज मंसिर १४ गते बिहिबारको राशीफल

  •   ३ वर्ष अघि | १४ मंसिर २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल मंसिर १४ गते, मंसिर कृष्ण तृतिया तिथी बिहिबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज नयाँ ज्ञान सिक्ने मौका मिल्न सक्छ। सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउला। कार्य सम्पादनमा सहजता मिल्नेछ।

वृष  तपाइको आज स्वादिष्ट खानापिनाको योग छ। एउटै कामबाट दोहोरो लाभ होला। बन्धुबान्धवबाट सहयोग पाइएला।

मिथुन - तपाईको आज महिला वा मित्रबाट विशेष सहयोग पाइएला। टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट होला। कर्कट - कर्कट राशी हुनेहरुको लागी आज साँझमा पैसा खर्च होला, झमेला र आफ्नो कार्य सम्पादनमा समस्या आउनसक्छ। चोटपटकको भय रहेकाले सचेत रहनुहोला।

सिंह तपाईको आज जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता हात पर्नेछ। रोकिए काम दोहोर्याएर गर्दा फाइदा होला।

कन्या - कन्या राशीका तपाईको आज गृह कार्यमा मन जाने र मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव प्रदान गर्ने छ।

तुला - तपाइको आज माया प्रेममा आत्मियताको बढोत्तरी होला। पारिवारिक भेटघाटमा रमाउने र धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्नेछन।

वृश्चिक  तपाईले आज खानपिन प्रति सजग र स्वास्थ्यको ख्याल गर्नुपर्नेछ। मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्नेछ।

धनु  तपाइको आज कुनै कुराले मनमा प्रसन्नता छाउला। सन्तान तथा परिवारमा मेलमिलाप होला। मनमा सहयोगको भाव आउनेछ।

मकर - मकर राशीका तपाइको आज कसैकसैका लागि सन्तान सुखको योग रहेको छ। मन अध्यात्म र दर्शनतर्फ आकर्षित होला। पेसा र व्यवसायबाट धन प्राप्त हुनस सक्छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज कृषि र उत्पादन मूलक कार्य पनि अघि बढेर जानेछ। घर परिवारका सदस्यहरूबाट सहयोग पाइएला। दैनिक कार्यमा प्रगति होला।

मिन – तपाइको आज आर्थिक कारोबारमा विवाद आउन सक्छ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ने तथा एकोहोरो माया प्रेमले सताउन सक्नेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप