शुभ बिहानी, आज फागुन २५ गते चैत कृष्ण द्वितिया तिथी बिहिबार। न्युज बहारको.कम अनलाईन पत्रिकाको
नियमित खण्ड अन्तर्गत
तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको
राशिफल।
मेष- मेष राशि
हुनेहरुको लागी आज शुभकार्यको
चर्चा चल्नेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् र वैदेशिक क्षेत्रको काम
भने विस्तारै अघि बढ्ला।
वृष – तपाईको आज अरूलाई
प्रभावित पारेर काम बनाउन सकिने समय छ। खेतिपातीबाट बढी लाभ लिन सकिएला, तर गर्न सोचेको काम रोकिन सक्छ।
मिथुन - आज तपाईको
हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्नेछ, सचेत रहनुपर्ला। आलस्य र थकानको अनुभूति हुनेछ। झुटा
आरोप लाग्न पनि सक्छन।
कर्कट - कर्कट राशी हुनेहरुका लागी आज एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ। जोशजाँगर र
हिम्मत बढ्ने र व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर पनि आउनेछ।
सिंह –तपाईको आज सामाजिक र
प्राविधिक काम सम्पन्न हुनेछ र त्यसबाट थप ऊर्जा मिल्नेछ। आदर्श व्यक्तित्व सँगको
सहकार्यले नयाँ अनुभव दिलाउने छ।
कन्या – आज तपाई हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले
फाइदा उठाउने देखिन्छ,
तर पहिलेको सफलताले थप हौसला भने जगाउनेछ।
तुला –
तपाइको आज दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गरिन सकिएला।
मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउन सक्छ।
वृश्चिक -
तपाईको आजको मानसिक चिन्ता बढेपनि कार्य क्षेत्रमा प्रगति राम्रो होला। नजिकको
व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ भने इनाम र प्रतिष्ठा कमाउने बेला रहेको छ।
धनु - तपाइको
आज धर्म, तथा
समाजसेवामा मन जाने छ। चिताएको कामले तीव्रता लिनेछ र एकपछि अर्को अवसर आउनाले मन
प्रसन्न हुनेछ।
मकर - आज मकर राशीका तपाईहरुलाई प्रेमीको सहयोग प्राप्त हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने वेला रहेको छ। शुभकार्यको
चर्चा चल्नेछ,
भने स्वास्थ्यको विशेष ख्याल गर्नु होला।
कुम्भ- कुम्भ राशी हुनेहरुका लागी आज भाग्यले साथ दिनेछ भने काममा पनि सफलता हात पर्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला र नजिकको मित्रसँग भेटघाट पनि हुनेछ।
मिन - आज तपाईको रमाइलो यात्रा गर्ने अवसर रहेको छ। पठनपाठनका
क्षेत्रबाट लाभ लिन सकिएला। महिला वर्गबाट विशेष सहयोग मिल्ने योग छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस्
शुभदिन।
- न्युज बहार संवाददाता