शुभ बिहानी, आज फागुन १८ गते फागुन शुक्ल दशमी तिथी बिहिबार। न्युज बहारको.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा
मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।
मेष - मेष राशि हुनेहरुको लागी आज चिताएको कामले तीव्र गती लिनेछ। व्यापार, व्यवसायबाट सहजै फाइदा लिन सकिनेछ। तपाईलाई आज महिला
मित्रबाट विशेष सहयोग मिल्ने देखिन्छ।
वृष – आज तपाइको दूरदराज वा परदेशमा रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट
हुनेछ भने रोकिएका व्यापार व्यवसाय विस्तारै सुचारु हुन सक्ने योग छ।
मिथुन - आज तपाइको धर्मकर्म, तथा
समाजसेवामा मन जानेछ। अरुको मन जित्न सकिनेछ र शुभकार्यको योजना बन्ने छ। साँझमा
पैसा खर्च बढी हुनेछ।
कर्कट - कर्कट राशीहुनेहरुको आज कार्य सम्पादनमा समस्या आउन सक्छ। सरकारी निकायको
भय पनि उती नै रहनेछ,
तर नयाँ कार्य र शुभकार्यको चर्चा भने चल्ने
देखिन्छ।
सिंह - आज धार्मिक र सामाजिक कार्यमा रुचि बढ्ने देखिन्छ।
वित्तिय संस्थाबाट सहयोग पाइनेछ भने प्रेम र मित्रताको बन्धन पनि कसिने बेला आएको
छ।
कन्या - आज तपाईको मङ्गल कार्यको योजना बन्नेछ। कृषि कार्यमा सहभागी हुन पाईएला। नयाँ रोजगारको अवसरले पछ्याउनेछ र स्वादिष्ट खानेकुरा खान पनि पाईनेछ।
तुला – तपाइको आज मानसिक
चिन्ता बढ्ने योग देखिएको छ भने कार्यक्षेत्रमा प्रगति हुनेछ। अरुलाई प्रभावित
पारेर काम सफल होला । कला र गलाको प्रभाव पनि बढ्नेछ।
वृश्चिक - आज तपाई आफ्नो स्वास्थ्यप्रति सजग रहनुहोला। सजग नहुदा धन खर्च
हुनेछ। शरीर भारी र मन अस्थिर रहने देखिन्छ। मनमा चञ्चलता बढ्नेछ।
धनु - आज तपाइको जोशजाँगर र हिम्मत बढ्ने देखिन्छ। नयाँ कामको योजना
बन्नेछ भने राजनैतिक कार्यमा सफलता मिल्लनेछ। शुभकार्यको चर्चा पनि चल्ने देखिन्छ।
मकर – मकर राशीका तइपको आज परदेशमा
रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट हुनेछ। आफन्तसँग पनि भेटघाट सफल हुनेछ।
उपहार पाइने सम्भावना पनि रहेको छ।
कुम्भ - आज कुम्भ राशी हुनेहरुको लागी आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने देखिन्छ।
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछ। प्रेम र दाम्पत्य जीवन पनि सुखमय नै रहने
देखिन्छ।
मिन - आज तपाईले नयाँ ठाउँमा लगानी गर्नु त्यति राम्रो नहोला। सरकारी
निकायको भय रहिरहला, तर
साँझ सम्ममा कहीँ कतैबाट नयाँ र शुभ समाचार मिल्नेछ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस्
शुभदिन।
- न्युज बहार संवाददाता