Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असोज ७ गते आइतबारको राशीफल।

  •   ३ वर्ष अघि | ७ असोज २०८०, आइतवार

शुभ बिहानी, आज २०८० साल असोज ७ गते, भदौ शुक्ल नवमी तिथी आइतबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज प्रियजनको साथ र मित्रबाट विशेष सहयोग पाइएला। त्यसैगरी वैदेशिक क्षेत्रको कार्य अघि बढ्ने र नसोचेको ठाउँबाट धनागम पनो हुनसक्छ।

वृष – तपाइले आज आफूलाई कमजोर भएको अनुभूति गर्नुहुनेछ। सानातिना समस्यामा अल्झनुपर्नाले महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्न सक्छ।

मिथुन - तपाईलाई आज भूमि र नयाँ वस्त्र तथा अलंकार लाभ हुनेछ। न्यायिक कार्यमा तथा सामाजिक क्षेत्रमा सफलता मिल्ला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज सेवा र धर्मकर्ममा मन पनि जाँदा भाग्यले साथ पनि देला। दाम, इनाम र प्रतिष्ठा कमाउने तथा रमाइलो यात्राको योग छ।

सिंह – तपाईको आज शुभ समाचार सुन्न पाइनुका साथै छोटो दुरीको लाभदायक यात्रा पनि हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्ने तथा नजिकको व्यक्तिबाट सहयोग प्राप्त होला।

कन्या - कन्या राशीका तपाईको आज अधिकार प्राप्तिका लागि संघर्ष पनि गर्नुपर्ने देखिन्छ। निर्णायक क्षमतामा कमी आउनसक्छ। प्रेममा मनमुटावका साथै मनमा शङ्का पनि उत्पन्न होला।

तुला - तपाइको आज मनोबल उच्च रहनाले प्रतिष्ठित काम गरेर अवसर हात पार्ने र जोशजाँगर, उमंग बढ्ने तथा धर्मकर्म एंव समाज सेवामा मन लाग्ने समय छ।

वृश्चिक – तपाईको आज साथी भाइसँग भेटघाट हुनाले मन प्रफुल्ल रहने तथा धर्मकर्म र समाजसेवाबाट सफलता पाइने र आँटेको, ताकेको कार्य पुरा होलान।

धनु – तपाइको आज स्वास्थ्यमा सुधार पनि आउला। साथीको याद बढी आउने र शिक्षामा सफलता मिल्ने तथा श्रमको उचित मूल्याङ्कन पनि हुने देखिन्छ।

मकर - मकर राशीका तपाइको आज स्वास्थ्य प्रति र यात्रा गर्दा सचेत हुनुपर्नेछ। झन्झटिलो काममा संलग्न हुनुपर्ने तथा साँझमा आर्थिक लाभ मिल्नसक्ने समय छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुँदा राज्यबाट मान सम्मान पाइएला। कुटुम्बको सहयोग र विद्या र बुद्धिको विकास पनि होला।

मिन – तपाइको आज बोलीको प्रभावले अरुको मन जित्न सकिएला, शुभकार्यको चर्चा चल्ने र साहित्य तथा सङ्गीतमा रुचि बढ्नुका साथै दाम्पत्य जीवन पनि सुखमय रहला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप