Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज मंसिर १७ गते आइतबारको राशीफल

  •   ३ वर्ष अघि | १७ मंसिर २०८०, आइतवार

शुभ बिहानी, आज २०८० साल मंसिर १७ गते, मंसिर कृष्ण षष्ठी तिथी आइतबार । आज अन्तराष्ट्रिय अपाङ्ग दिवस । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज स्वास्थ्य बिग्रन सक्ने हुनाले सचेत रहनुहोला। विद्या प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ। घरायसी कामधन्दाका लागि खट्नु पर्ला।

वृष – तपाइको आज उपकारमा मन जाने र सामान्य समय रहनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्ला। सामाजिक क्षेत्रको काम अघि बढेर जानेछ।

मिथुन - तपाईको आज उन्नति एवं प्रगतिको वातावरण बन्ला। घरपरिवारसँग रमाइलो तरिकाले समय बित्नेछ। मेहनतीहरूका लागि दिन फलदायी नै रहला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता थप्नेछ, मनपर्ने खानाको परिकार खान पाइएला। धर्मकर्म तथा समाजसेवामा मन जानेछ।

सिंह – तपाईको आज नजिकका व्यक्तिबाट कार्यमा साथ र सहयोग बढ्नेछ। मानसिक चिन्तन बढ्ने र केही तनाव बढेको महसुस होला।

कन्या – कन्या राशी हुनेहरुको लागी आज व्यापारमा मनग्ये धनलाभ होला। शुभकार्यको चर्चा हुनेछ। एकपछि अर्को अवसर र सफलताले मन प्रसन्न रहला।

तुला - तपाइको आज रोकिएका काम पुनः सुरु हुनेछन। व्यापार र व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव दिनेछ।

वृश्चिक – तपाईको आज रोकिएको काम दोहोर्याएर गर्दा फाइदा होला। विद्या र बुद्धिको विकास हुने र वैदेशिक कार्यबाट लाभ मिल्नुका साथै सफलता पनि मिल्ने देखिन्छ।

धनु – तपाइको आज प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनसक्छ। सन्तान पक्षको मायामा कमी आउला। सहकर्मीबाट विरोध आउनेछ।

मकर - मकर राशीका तपाइको आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै होला। पारिवारिक जमघटमा सहभागी भइने र प्रयत्न गरे फाइदा लिन सकिने समय छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज सन्तान सुख पाइनेछ। नयाँ कार्यको योजना आकस्मिक बन्न सक्छ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त होला।

मिन – तपाइको आज आर्थिक कारोबारमा सफलता पाइनेछ। साथीभाइबाट बढी फाइदा लिने समय रहेको छ। नयाँ काम सुरु गर्नाले उमंग बढ्ला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप