Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज कार्तिक १२ गते आइतबारको राशीफल

  •   ३ वर्ष अघि | १२ कार्तिक २०८०, आइतवार

शुभ बिहानी, आज २०८० साल कार्तिक १२ गते, कार्तिक कृष्ण प्रतिपदा तिथी आइतबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला, प्रसन्नतापूर्वक समय व्यतीत होला। लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा होलान।

वृष – तपाइको आज बोलीमा पनि अङ्कुश लगाएकै राम्रो होला, आर्थिक समस्याले मानसिक तनावको सिर्जना हुनसक्छ। प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्ला।

मिथुन - तपाईको आज सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्ला, लगानीमा रहेको रकम फिर्ता आउनेछ भने प्राविधिक विषयमा रूचि बढ्नेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज अरूलाई प्रभावित पारेर काम बन्न सक्छ र काम गर्ने हौसला पाइएला। वित्तिय संस्थाबाट सहयोग पाइनुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त होला।

सिंह – तपाईको आज नयाँ वस्त्र र अलङ्कार पनि प्राप्ति होला, आम्दानी बढाउने काम सुरु गरिनेछ। पार्टी पिकनिक तथा सेमिनारमा सहभागि भइनेछ।

कन्या - कन्या राशीका तपाईको आज अध्ययनमा मन नजाँदा अरुभन्दा पछि परिएला, आफन्त तथा साथी भाइबाट टाढिनु पर्दा मन खिन्न होला। आलोचना गर्नेहरूबाट सजग रहनु पर्नेछ।

तुला - तपाइले आज नयाँ ज्ञान सिक्ने मौका पाइएला। पारिवारिक सदस्यबाट सहयोग मिल्ने र विपरीत वर्ग प्रति आकर्षण र साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ।

वृश्चिक – तपाईको आज आज पारिवारिक वातावरण पूर्णरूपेण सन्तोषप्रद नै रहला, सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सक्छ। अचल सम्पत्ति हात पर्ने योग रहेको छ।

धनु – तपाइको आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने र आँटेको र ताकेको कार्य पुरा हुने तथा रमाइलो यात्रा हुनुका साथै समाजसेवामा मन लाग्ने योग रहेको छ।

मकर - मकर राशीका तपाइको आज विलासिताका सामग्रीमा खर्च बढ्न सक्छ, स्वास्थ्यको ख्याल गर्नुपर्नेछ, औषधी उपचार खर्च बढि होला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो हुनसक्छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज कार्य सम्पादनमा सहजता मिल्न सक्छ, नयाँ व्यक्तिसँग भेटघाट होला, प्राविधिक क्षेत्रमा रूचि बढ्ने र सामाजिक कार्यमा रुचि रहने समय छ।

मिन – तपाइको आज आज मन प्रसन्न रहला मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग पाइएला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने र सुखसुविधा भोग गर्न पाइनेछ समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।


  • न्युज बहार संवाददाता

थप