शुभ बिहानी, आज २०८० साल पुस २२ गते, पुस कृष्ण एकादशी तिथी आइतबार । सन २०२४ जनवारी ७ तारिक । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष राशि हुनेहरुको आज कृषि कार्यमा सफलता पाइनेछ। घर परिवारप्रति जिम्मेवारी बढ्ने र परिणाममुखी जिम्मेवारी वहन गर्ने समय रहेको
छ।
वृष – तपाइको आज रचनात्मक कार्यमा
जुट्दा फाइदा होला। सांस्कृतिक कार्यमा सरिक भइएला। बोलीवचन एवं भाषण आदिमा प्रशंसा पाइनेछ।
मिथुन - तपाईको आज आहार विहारमा सजगता
अपनाउनु होला। आफन्तजनसँग सुमधुर
सम्बन्ध कायम रहला। सामाजिक महत्वको क्षेत्रको भ्रमण हुने सम्भावना रहेको छ।
कर्कट - कर्कट राशी हुनेहरुको लागी आज प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ। औपचारिकतामा अल्ली बढी व्यस्त रहन पर्ला।
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ।
सिंह – तपाईको आज सांस्कृतिक कार्यमा सरिक पनि भइएला। नाताकुटुम्बको आगमन होला भने परिवारमा नयाँ
सदस्य थपिन सक्ने सम्भावना रहेको छ।
कन्या – कन्या राशी
हुनेहरुको लागी आज सजिलै अरूको मन जित्न सकिनेछ भने त्यसबाट लाभ पनि होला। परोपकार तथा सहयोग आदिमा भूमिका निर्वाह गर्न पाइएला।
तुला - तपाइको आज परोपकारजन्य कार्यमा बढी लगाव हुनेछ। घर परिवारमा मनोरञ्जनपूर्ण वातावरण रहला।
व्यवसायिक क्षेत्रबाट लाभ होला।
वृश्चिक – तपाईको आज सद्विचारले
अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ। लाभहानी, आयव्यय,
सुखदुःख बराबरी खालको
समय रहेकको छ।
धनु – तपाइको आज आफूसँग भएको क्षमता
प्रदर्शन गर्ने अवसर पाइनाले मनमा हर्ष र प्रसन्नता बढ्नेछ। परोपकारका क्षेत्रमा लगानी गर्ने समय रहेको छ।
मकर - मकर राशीका तपाइको आज धन हात पर्ने र सेवा गर्ने अवसर प्राप्त हुने सम्भावना रहेको छ। करियरको
क्षेत्रमा साथीको सुझावले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।
कुम्भ - कुम्भ राशीका तपाइको आज आफन्त,
सहयोगी र मित्रवर्गको
साथ र सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न होला। साथीभाइसँग रमाइलो गरि दिन
बित्नेछ।
मिन – तपाइको आज यात्रा गर्दा बाटोमा दुख हुन सक्नेछ। काम बिगार्न चाहनेहरू अगाडि बढ्नेछन। स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने समय छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता