Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज पुस १ गते आइतबारको राशीफल

  •   ३ वर्ष अघि | १ पुस २०८०, आइतवार

शुभ बिहानी, आज २०८० साल पुस १ गते, मंसिर शुक्ल पञ्चमी तिथी आइतबार । आज बिबाह पञ्चमी । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको आज कूटनीतिक नियोगको सहयोग पनि मिल्न सक्छ। पुनर्मिलनको र प्रेमसम्बन्ध तथा प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ।

वृष – तपाइको आज प्रविधि मार्फत टाढा रहेका आफन्तसँग भेटघाट होला। इच्छा र आकाङ्क्षा पूर्ण होलान। मित्र वा आफन्तको सहयोग पाइएला।

मिथुन - तपाईको आज व्यावसायिक कामले गति लिनाले राम्रो फड्को मार्न सकिएला। आफन्तको प्रगतिमा मन रमाउन सक्छ। विद्या र बुद्धिको विकास होला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज सामाजिक कार्य राम्रो होला। कला र गलाको प्रभाव बढ्ने र भाग्यले विभिन्न अवसर जुराउला। विपरीत वर्ग प्रति आकर्षण बढ्ने देखिन्छ।

सिंह – तपाईको आज साँझपख शुभ समाचार आउन सक्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला। बन्धु बान्धवबाट विशेष सहयोग पाइएला।

कन्या – कन्या राशी हुनेहरुको लागी आज खानपिन र स्वास्थ्य प्रति बढी सजगता अपनाउनु होल। मित्रबाट विशेष सहयोग पाइएला। शुभकार्यको चर्चा हुनेछ।

तुला - तपाइको आज प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउन सक्नेछ। गरेका कार्यमा ढिलासुस्ती होला। आफूलाई कमजोर भएको अनुभूति हनसक्छ।

वृश्चिक – तपाईको आज अनावश्यक हिँडडुल नगरेकै राम्रो होला। आत्मविश्वास र पराक्रममा वृद्धि होला। राजनैतिक र न्यायिक कार्यमा सफलता पाइएला।

धनु – तपाइको आज सामाजिक प्रतिष्ठामा अभिवृद्धि होला। नयाँनयाँ ज्ञान सिक्ने मौका पाइएला। लगनशीलताले कामहरू अगाडि बढ्नेछन।

मकर - मकर राशीका तपाइको आज बन्दव्यापार भने कमजोर नै रहनेछ। शुभकार्यको चर्चा हुनेछ। शत्रुमाथि विजय प्राप्त होला। सांस्कृतिक क्षेत्रमा रुचि बढेर जानेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज मनमा निराशा र शरीरमा आलस्य हुनसक्छ। दबाब र तनाव बढेको महसुस होला। प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ।

मिन – तपाइको आज अध्ययनमा रुचि बढ्ने योग देखिएको छ। शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन र महिला वा मित्रबाट विशेष सहयोग पाइएला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप