आज फागुन १४ गते फागुन शुक्ल सप्तमी आईतबार । तपाईको
आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।
मेष – मेष राशी हुनेहरुका लागी आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने योग छ भने शुभकार्यको चर्चा चल्न सक्छ। अरुलाई प्रभावित पारेर
काम बन्नाउन सकिन्छ र साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ।
वृष – आज हल्लाको भर पर्दा दुख पाइने र गरेका काममा
ढिलासुस्ती नहोला भन्न सकिन्न त्यस्तै मनमा दुबिधा पनि उत्पन्न हुनेछ। आज दिनको
उत्तरार्धमा धन खर्च बढ्नेछ।
मिथुन – तपाइको आज एउटै कामबाट
दोहोरो लाभ मिल्न सक्छ। वैदेशिक कार्य अघि बढ्नेछ। तापाईको मन धर्मकर्म तथा
समाजसेवामा लाग्नेछ र आत्मिक सन्तुष्टि पनि मिल्ने योग छ।
कर्कट – आज तपाइको इच्छा र आकाङ्क्षा पूर्ण
हुने छ। मनमा हर्ष, उल्लास छाउनेछ। आफ्नो क्षेत्रमा आफुले प्रभुत्व जमाउन सकिनेछ र नयाँ अलङ्कारको प्राप्ति
हुनेछ।
सिंह – आज तपाइले अतिथिका रूपमा सम्मान पाउनु हुनेछ। आत्मिक
सन्तुष्टि मिल्नेछ र श्रमको उचित मल्याङ्कन हुनेछ साथै वैदेशिक क्षेत्रको काम अघि
बढ्नेछ।
कन्या – आज तपाइको अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ।
मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ भने गरेको काममा ढिलासुस्ती हुन सक्छ।
तुला – तुला
राशी हुनेहरुका लागी रमाइलो
यात्रा गर्ने अवसर प्राप्त होला। कला र गलाको प्रभाव बढ्नेछ भने मनोरञ्जनमा
सहभागिता भइएला। त्यस्तै आर्थिक क्षेत्रमा पनि राम्रो सफलता मिल्नेछ।
वृश्चिक – तापईको
आज सानो प्रयत्नले ठूलो काम
सम्पादन हुने योग छ। श्रमको उचित मूल्याङ्कन होला। विद्या र बुद्धिको विकास हुनेछ र
नयाँ कार्य गर्ने योजना पनि बन्न सक्छ।
धनु – आज तपाईको
शुभकार्यको चर्चा चल्नेछ। परिवारजनको साथले
नयाँ आशा पलाउनेयोग छ भने दाम, इनाम
र प्रतिष्ठा कमाउने वेला आएको छ र यात्रा लाभदायक र मनोरञ्जनपूर्ण रहला।
मकर – मकर राशी
हुनेहरुका लागी आज
मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिन पुगिएला सचेत रहन बेला आएको छ। तपाइको बोलीको
विपरीत अर्थ लाग्नसक्छ अतः संयम रहनु होला।
कुम्भ - तपाइको आज पारिवारिक सद्भाव बढ्नेछ र नयाँ व्यक्ति सँग भेटघाट हुने समय छ। मिहिनेत गर्दा प्रगति मिल्ने छ भने व्यापार व्यवसायबाट लाभ मिल्ने देखिएको छैन।
मिन – आज तपाइको
पारिवारिक जमघट र मनोरञ्जन
कार्य सम्पन्न हुनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन् भने कार्य सम्पादनमा
सहजता मिल्नेछ।
राशिफलमा जे लेखिए
पनि
तपाईंको आज शुभ रहोस् शुभदिन।