Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज कार्तिक ५ गते आइतबारको राशीफल

  •   ३ वर्ष अघि | ५ कार्तिक २०८०, आइतवार

शुभ बिहानी, आज २०८० साल कार्तिक ५ गते, असोज शुक्ल अष्टमी तिथी आइतबार । आज बडा दशैँको आठौँ दिन महाअष्टमी । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज आत्मिक सन्तुष्टि मिल्ने र मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। नयाँनयाँ उद्यम र योजना कार्यान्वयन गर्नाले सफलता हात लाग्नेछ।

वृष – तपाइको आज छोटो यात्रा होला, नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना पनि बन्ने र सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुने समय छ।

मिथुन - तपाईको आज शत्रुपक्ष हावी हुनाले क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस होला। अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज आफन्तको साथ र सहयोग पनि मिल्ने, रहस्यात्मक विषय र अनुसन्धानात्मक कार्यमा मन जाने तथा सहयोगी हातहरू अघि बढ्ने देखिन्छन।

सिंह – तपाईको आज शैक्षिक क्षेत्र राम्रै रहनेछ। अकस्मात् सफलता पाइन सकिएला, अपमानको सम्भावना रहको छ, दैनिक कार्यहरूमा प्रगति होला।

कन्या - कन्या राशीका तपाईको आज धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमणले भाग्यमा वृद्धिनाले वैदेशिक क्षेत्रबाट राम्रो हुनेछ होला भने मनमा हर्ष, उमङ्ग र उत्साह छाउला।

तुला - तपाइले आज खर्चको मात्रामा वृद्धि हुनसक्ने छ, मन अशान्ति र गलत आचरणतर्फ जान सक्ला। गरेको काममा ढिलासुस्ती होला।

वृश्चिक – तपाईको आज गरेको कार्यबाट सफलता मिल्ला। लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुदै जानेछन। कुनै कुराले मनमा शान्ति छाउला।

धनु – तपाइको आज अनावश्यक खर्चबाट बच्न सकिएला। नयाँ नयाँ कार्यको अवसर मिल्ने र धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जानेछ।

मकर - मकर राशीका तपाइको आज नयाँ र शुभ समाचार सुन्न पाइएला। भाग्यमा वृद्धि हुनुका साथै सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज मित्रबाट विशेष सहयोग पाइएला, प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम होला काम देखाएर अरूको मन लोभ्याउन सकिएला।

मिन – तपाइको आज विद्या र बुद्धिमा ह्रास आउन सक्नेछ, ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्लान। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने देखिन्छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप