Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज साउन २८ गते आइतबारको राशीफल।

  •   ३ वर्ष अघि | २८ साउन २०८०, आइतवार

शुभ बिहानी, आज २०८० साल साउन २८ गते, साउन कृष्ण द्वादशी तिथी आइतबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज रमाइलो यात्रा हुने, चिताएको कामले तीव्रता लिने, कुनै समाचारले मनमा शान्ति छाउने र पुनर्मिलनको योग रहेको छ।

वृष – तपाइको आज शुभारम्भको चर्चा हुनेछ भने विभिन्न अवसर आउनाले मन प्रसन्न रहला। अतिथिको रूपमा सत्कार पाइने तथा जोशजाँगर र हिम्मत पनि बढेर जानेछ।

मिथुन - तपाईले आज इनाम, दाम र प्रतिष्ठा कमाउने, शुभकार्यको चर्चा चल्ने, पारिवारिक सद्भाव बढ्ने तथा आँटेको र ताकेको कार्य पुरा हुने समय छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन होला। आफन्तको प्रगतिले मन रमाउला। नसोचेको ठाउँबाट धनागम होला।

सिंह – तपाईको आज नयाँ कार्यको योजना बन्ला। नजिकको व्यक्तिबाट सहयोग पाइनुका सथै सरकारी निकायबाट सहयोग मिल्नेछ र सफल यात्रा हुने समय छ।

कन्या - कन्या राशीका तपाईको आज विशिष्ट व्यक्तिको सहयोग पाइएला। शुभकार्यको चर्चा तथा विद्या र बुद्धिको विकास पनि होला। कार्य सम्पादनमा सहजता हुनेछ।

तुला - तपाइको आज धार्मिक तथा परम्परागत काममा रुचि बढ्ला। मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति होला। आर्थिक क्षेत्रमा राम्रो सफलता पाइएला।

वृश्चिक – तपाईको आज अनावश्यक तथा सौन्दर्यतामा धन खर्च होला। सानातिना समस्यामा अल्झिनु पर्ला, तर आफन्तबाट साथ र हौसला भने पाइएला।

धनु – तपाइको आजको आज चलाखीपूर्ण बोलीले काम बन्नेछ। आफन्तबाट साथ, सहयोग र आश्वासन मिल्ने तथा सामाजिक काममा सफलता पनि पाइने समय छ।

मकर - मकर राशीका तपाइको आज मनमा हर्ष, उमङ्ग र उत्साह छउला। कार्यक्षेत्रमा प्रगति होला। वैदेशिक क्षेत्रबाट सफलता मिल्नुका साथै प्रेमीको सहयोग पनि पाइनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आजको दिन मध्यम खालको रहेको छ। जुनसुकै काममा पनि बिघ्नबाधा आउन सक्ला, आत्मबल बढाएर काम गरेमा सफल भइएला।

मिन – तपाइको आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्नेछ। सामान हराउने वा चोरी हुने भय रहेको छ। आफैंलाई सन्तुष्टि नमिल्न सक्छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप