शुभ बिहानी,आज २०८० साल बैशाख १० गते बैशाख शुक्ल तृतिया तिथी आइतबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।
मेष - मेष राशि
हुनेहरुको लागी आज आँटेको र ताकेको
कार्य पुरा हुनेछ। ठीक समयमा सही निर्णय लिन सकिएला। बोलीको प्रभाव पनि बढ्नसक्छ।
शुभकार्यको चर्चा चल्ने योग छ।
वृष - तपाईको आज सामाजिक
कार्य सफल नै रहला। प्रेम सम्बन्ध कसिलो हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्न
सक्छ, नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।
मिथुन - तपाईले आज अधिकार प्राप्तिका
लागि संघर्ष गर्नु पर्नेछ। महत्त्वपूर्ण अवसर गुम्न सक्ने र सामान हराउन सक्ने योग
रहेको छ,
तर विपरीत वर्गबाट विशेष सहयोग प्रप्त हुनसक्छ।
कर्कट - कर्कट राशी हुनेहरुको लागी आज प्रेम र मित्रताको बन्धन कसिने बेला रहेको छ। नयाँ कार्यको योजना बन्ने
र कार्य सम्पादनमा सहजता मिल्ने समय रहेको छ। दिनको उत्तरार्ध बढी सुखद् रहनेछ।
सिंह - तपाईको आज दाम्पत्य जीवन सुखमय रहनेछ। वैदेशिक कार्य अघि बढेर
जाला, यात्रामा सावधानी अपनाउनु होला र तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ मिल्नेछ।
कन्या - कन्या राशीका
तपाइको आज नयाँ कार्यको योजना बन्न सक्छ। बौद्धिक काममा सफलता हुने र मन प्रसन्न हुनेछ।
प्रेम जीवन सफल र लाभदायक यात्रा पनि होला।
तुला - आज तपाइको सामाजिक
र राजनैतिक कार्यमा बाधा आउनसक्छ। स्वास्थ्यमा पनि समस्या आउने र अभिभावकको
आशीर्वादले काम गर्नसकिनेछ।
वृश्चिक - तपाईलाई आज शुभ र मङ्गल
कार्यको योग रहेको छ। आतिथ्यपूर्ण सम्मान मिल्ला। कुनै कुराले मन प्रसन्न रहने र
शेयर बजार लगायत आर्थिक क्षेत्र राम्रै रहने योग छ।
धनु - तपाइको
आज काम देखाएर अरूको मन लोभ्याउन सकिएला।
जोशजाँगर र हिम्मत बढ्ने र जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता हुने
योग छ।
मकर - मकर राशीका तपाईको आज अधुरो काम
पूरा हुनेछ भने पारिवारिक सुखले मन प्रफुल्लित होला। कृषि कार्य अघि बढेर जाला, व्यवसायका
लागि यात्राको सम्भावना पनि रहेकोछ।
कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज प्रेममा मनमुटावका साथै मन कमजोर हुनेछ। आफ्नो अधिकार प्रातिका लागि
संघर्ष गर्नु पर्नेछ। शिक्षामा वाधा आउने र मन पनि विचलित रहनेछ।
मिन - तपाईको
आज शुभकार्यको चर्चा हुनेछ। नयाँ सवारी साधन प्राप्तिको योग रहेको छ। सामाजिक कार्यमा
सफलता मिल्ने र विपरीत वर्गबाट विशेष सहयोग प्राप्त होला।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस्
शुभदिन।
- न्युज बहार संवाददाता