Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज असोज २० गते शनिबारको राशीफल

  •   ३ वर्ष अघि | २० असोज २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल असोज २० गते, असोज कृष्ण अष्टमी तिथी शनिबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज लाभदायक यात्रा पनि होला, ठीक समयमा सही निर्णय लिन सकिएला। वैदेशिक क्षेत्रमा र व्यापार व्यवसायमा सफलता मिल्नेछ।

वृष  तपाइको आज घरमा अतिथिको आगमन पनि हुनेछ, साथीभाइले पनि राम्रै सहयोग गर्नेछन। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला।

मिथुन - तपाई आज धर्मकर्म तथा समाजसेवामा मन जानाले भाग्यले विभिन्न अवसर दिनेछन। नयाँ काम सुरु गर्ने र चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुने समय छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज साँझमा आर्थिक लाभ मिल्नेछ, शरीरमा स्फूर्ति र उमङ्गको कमी होला। मालसामान हराउन सक्ने र ससाना समस्यामा अल्झनुपर्ने हुन सक्छ।

सिंह तपाईको आज व्यापारमा मनग्ये धनलाभ हुनाले, अरुलाई प्रभावित पारेर काम बन्ला। रोकिएको धन हात पर्ने र न्यायिक कार्यमा सफलता पनि मिल्ने देखिन्छ।

कन्या - कन्या राशीका तपाईको आज लाभदायक यात्रा हुनेछ, महिला वा मित्रबाट विशेष सहयोग पाइएला। रोकिएका काम पुनः सुरु हुने र आर्थिक कारोबारमा सफलता पाइने समय छ।

तुला - तपाइलाई आज सोचेजतिका सबै कामहरूमा बिघ्नबाधा आउनसक्छ, समय मध्यम खालको रहेको छ। आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि नमिल्न सक्छ।

वृश्चिक  तपाईको आज नियमित खर्च बढ्ने, लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसक्ने, सहकर्मीबाट विरोध आउने योग छ।

धनु  तपाइको आज परिश्रमअनुसार उपलब्धि राम्रै पाइनाले राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्ला। कलासाहित्य तथा सङ्गीतमा रुचि बढेर जानेछ।

मकर - मकर राशीका तपाइको आज रमाइलो यात्रा हुने, शुभकार्यको चर्चा चल्ने, पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने सम्भावना रहेको छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने ,शुभारम्भको चर्चा चल्ने, सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने र भ्रमणको योग रहेको छ।

मिन – तपाइको आज साँझमा चिन्ता बढेपनि भाग्यले विभिन्न अवसर दिनेछ। घरमा अतिथिको आगमन होला। महत्त्वपूर्ण कामको थालनी पनि हुन सक्छ

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप