शुभ बिहानी, आज २०८० साल जेठ ६ गते, जेठ शुक्ल प्रतिपदा तिथी शनिबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष राशि
हुनेहरुको लागी आज शुभारम्भको चर्चा हुनेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुने
तथा आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनुका साथै आफन्तको प्रगतिमा मन रमाउने समय
छ।
वृष - तपाईले
आज श्रमको उचित मूल्याङ्कन होला। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनु का साथै कला र गलाको प्रभाव
बढ्ने र शुभ समाचार सुन्न पाइने समय छ।
मिथुन - तपाईको
आज प्रेममा बाधाका साथै मन कमजोर रहने समय छ, घर
परिवारमा झैझमेलाको अवस्था आउनसक्छ। घर परिवारमा आकस्मिक स्वास्थ्य बिग्रन सक्ने
सम्भावना छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी
आज पारिवारिक सद्भाव बढ्नेछ र आँटेको,ताकेको
कार्य पुरा हुने समय छ। आकस्मिक धनलाभ हुनुका साथै महिला वर्गबाट सहयोग पनि मिल्ने
योग छ।
सिंह – तपाईको आज कुनै
कुराले मनमा प्रसन्नता छाउने र शुभकार्यको चर्चा हुनेछ त्यस्तै बन्धु बान्धवबाट
सहयोग मिल्ने र प्रेममा पनि सफलता प्राप्त होला।
कन्या - कन्या राशीका तपाइँको आज अरुलाई प्रभावित पारेर काम बन्ने छ। चलाखीपूर्ण
कार्यले सङ्कल्प सिद्ध होला। आयआर्जनका क्षेत्रमा सुधार आउने र पठनपाठनमा प्रगति
हुने योग छ।
तुला - आज तपाइको यात्रामा
अवरोध र लेनदेनमा घाटा हुन सम्भावना छ। पेटमा समस्या आउने र दिनको उत्तरार्धमा भने
आफन्तको साथ मिल्न सक्छ।
वृश्चिक – तपाईको आज इनाम र प्रतिष्ठा कमाउने समय छ। परिवारमा सुख
सन्तोष छाउने र धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय रहेको छ।
धनु – तपाइले आज राज्यबाट मान सम्मान पाउनुहुनेछ। कुटुम्बको सहयोग
मिल्ने, घरमा अतिथिको आगमन हुने र बोलीको भरमा कार्य सम्पादन हुने उत्कृष्ट समय छ।
मकर - मकर राशीका तपाईको आज माया
प्रेममा सामीप्यता बढ्ने छ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार आउने छ।
शुभ समाचार सुन्न पाउनुहोला।
कुम्भ - कुम्भ
राशी हुनेहरुका लागी मन खिन्न हुन
सक्छ। कार्य सम्पादनमा सहजता नहुन सक्छ। जिद्दीपनाले गर्दा काम बिग्रने डर रहेको छ।
स्वास्थ्यप्रति सजग रहनु आवश्यक होला।
मिन -
तपाईको आज
रोकिएको अधुरो कार्यले पूर्णता पाउन सक्छ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नु
का साथै रोमाञ्चक यात्रा पनि होला, प्रेमीको सहयोग प्राप्त होला।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता