Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज कार्तिक २५ गते शनिबारको राशीफल

  •   ३ वर्ष अघि | २५ कार्तिक २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल कार्तिक २५ गते, कार्तिक कृष्ण त्रयोदशी तिथी शनिबार । आज तिहारको पहिलो दिन काग तिहार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज ढिलै भए पनि काम सम्पन्न होला, बोलीको भरमा कार्य सम्पादन हुने र नयाँ अवसर आउनाले मन प्रसन्न रहला। कतै घुम्न जाने योजना बन्न सक्नेछ।

वृष – तपाइको आज नयाँनयाँ ज्ञान सिक्ने मौका पाइनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने र बौद्धिक प्रतिस्पर्धामा विजयी भइने समय छ।

मिथुन - तपाईको आज प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न होला, आँटेको काममा सफलता नमिल्ने हुनाले खर्च बढ्ने र मन चिन्तित हुनसक्छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज विद्यामा सफलता मिल्न सक्छ। धार्मिक र सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुने र अनुहारमा कान्ति र मनमा शान्ति छाउने देखिन्छ।

सिंह – तपाईको आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला, धर्मकर्म तथा समाजसेवामा मन जाने र घरमा अतिथिको आगमन हुनेछ।

कन्या - कन्या राशीका तपाईको आज सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुन सक्छ। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुने र प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम रहनेछ।

तुला - तपाइको आज प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुन सक्ने छ। विद्यामा सोचेजस्तो प्रगति गर्न धेरै समय चाहिएला। सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउला।

वृश्चिक – तपाईको आज व्यापार व्यवसायबाट सोचेजस्तै लाभ प्राप्ति हुने, विद्या र बुद्धिको विकास हुने र महिला वा मित्रबाट विशेष सहयोग मिल्ने योग रहेको छ।

धनु – तपाइको आज प्राविधिक काममा बढी सफलता मिल्न सक्छ, दौडधुप गर्नु परे पनि लाभ नै हुने र रमाइलो यात्राको योग रहेको छ भने बन्धु बान्धवबाट पनि विशेष सहयोग पाइएला।

मकर - मकर राशीका तपाइको आज न्यायिक कार्यमा सफलता पाइएला। बिभिन्न अवसर आउनाले मन प्रसन्न हुनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्ने र बौद्धिकताको विकास पनि हुनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु पर्नेछ, शरीरमा स्फूर्ति र उमङ्गको कमी हुने र घर व्यवहारको समस्याले सताउन सक्छ ।

मिन – तपाइको आज मार्केटमा सफलता मिल्ने, दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुने र रोकिएका वैदेशिक कार्य अघि बढ्ने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप