शुभ बिहानी, आज २०८० साल जेठ २१ गते, जेठ शुक्ल पुर्णिमा तिथी आइतबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज आफन्तसँग मनमुटाव बढ्ने।
आफू कमजोर भएको अनुभूति हुनसक्छ। स्वास्थ्य प्रतिकूल रहन सक्ने र स्वस्थ प्रति सचेत रहनु आवश्यक होला।
वृष - तपाईको
आज रोकिएका काम पुनः सुरु हुनेछ। तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्ने र जग्गा
जमिनको कारोबारबाट राम्रो फाइदा होला।
मिथुन - तपाईको
आज शुभारम्भको चर्चा हुनेछ। सामाजिक क्षेत्रबाट
मानसम्मान मिल्ने र धर्मकर्म तथा समाजसेवामा मन जानेछ। छोटो यात्राको अवसर जुर्नेछ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने,
अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्ने र परिश्रमअनुसार उपलब्धि पनि राम्रो हुनेछ।
सिंह – तपाईको आज सोचेका
काममा बिलम्ब हुनुका साथै आम्दानीका मार्गमा अवरोध आउने र पारिवारिक समस्या बढ्ने
तथा समय रहेको छ।
कन्या - कन्या राशीका तपाइँको आज धार्मिक समारोहमा सरिक हुने, जटिल ठानिएको
कामसमेत सम्पादन हुने र न्यायिक कार्यमा सफलता पनि मिल्ने सम्भावना छ।
तुला - आज तपाइको एकपछि
अर्को अवसर आउनाले मन प्रसन्न रहला । नोकरी गर्नेले मानसम्मान पाउने र लाभदायक
यात्राको सम्भावनालाई रहेको छ।
वृश्चिक – तपाईको आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा
विजयी हुनुहोला, बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ।
धनु – तपाइको आज उन्नति प्रगतिको वातावरणमा समस्या आउन सक्छ। पेसा
वा व्यवसायका क्षेत्रमा व्यवधान आउने र आफन्तको साथ भने मिल्ने समय छ।
मकर - मकर राशीका तपाईको आज
मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने, शेयर बजारमा गरेको लगानीले राम्रो
हुने र छोटो यात्राको सम्भावना छ।
कुम्भ - कुम्भ
राशी हुनेहरुका लागी आज बुद्धिको
उपयोग गर्नाले जटिल ठानिएको कार्य सहजै सम्पादन हुन सक्लान। आफूसँग भएको क्षमता
प्रदर्शन गरेर अवसर र सफलता पाइएला।
मिन –
तपाईको आज आजको
दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय रहेको छ। चिताएको कामले तीव्रता लिने र अध्यापनको
क्षेत्रमा प्रगतिको खबर सुन्न पाइने समय छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता