शुभ बिहानी, आज २०८० साल भदौ ९ गते, साउन शुक्ल दशमी तिथी शनिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष राशि
हुनेहरुको लागी आज घरायसी वातावरणमा
केही असामान्यता आउन सक्छ। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्च होला।
आम्दानीमा पनि कमी आउला।
वृष – तपाइको आज धार्मिक र सामाजिक महत्त्व भएको क्षेत्रमा भ्रमण होला।
दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनसक्छ। रोकिएका काम पुनः सुरु हुनेछन।
मिथुन - तपाई आज आफन्त, सहयोगी
र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न होला। गोपनीय ढङ्गले गरिएको
क्रियाकलापमा सफलता पाइएला।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज वाणीमा
कुशलता आउने छ। करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका
निर्वाह गर्ला। यात्रा गर्ने अवसर पनि मिल्नेछ।
सिंह – तपाईको आज
गोप्य सूचना बाहिरिनाले समस्या आउन सक्छ। बाटोमा दुःख हुन सक्ने हुनालेयात्रा
गर्दा ध्यान दिनुहोला, आफन्तको साथ र सहयोग पाइएला।
कन्या - कन्या राशीका तपाईको आज बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा पाइएला।
परोपकारी कार्यमा संलग्न हुनुहोला। प्राविधिक कार्यमा जुट्दा फाइदा हुन सक्छ।
तुला - तपाइको आज कामको
सन्दर्भमा आउँने प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै महत्वपूर्ण उपलब्धि हासिल गर्न
सकिएला। सजिलै अरूको मन जित्न पनि सकिने छ।
वृश्चिक – तपाईको आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय छ।
मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा दिनेछ। परोपकारी कार्यमा संलग्न भइएला।
धनु – तपाइको आज शरीरमा कमजोरी अनुभूति होला। आकस्मिक खर्च
बढ्नाले अर्थ अभाव देखापर्ला, तर साँझमा भने मनमा हर्ष र प्रसन्नता छाउला।
मकर - मकर राशीका तपाइको आज परोपकारजन्य
कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त होला। आजको दिन मनोरञ्जनपूर्ण रहला।
व्यवसायिक क्षेत्रबाट पनि लाभ होला।
कुम्भ - कुम्भ
राशीका तपाइको आज भाग्यले साथ दिनुका
साथै परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइएला। आफन्तजनहरू खुसी
हुने समाचार दिन सकिएला।
मिन –
तपाइको आज घरमा
कुटुम्बको आगमन होला, परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना रहेको छ।
आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि पाइएला।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता