शुभ बिहानी, आज २०८० साल भदौ ३० गते, भदौ कृष्ण प्रतिपदा तिथी शनिबार । आज राष्ट्रिय बाल दिवस । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज प्रतिस्पर्धाबाट
फाइदा उठाउन सकिने,
फेन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्ने, पुँजी बजारको क्षेत्रबाट लाभ लिने मौका पनि मिल्नेछ।
वृष – तपाइको आज नजिकका व्यक्तिबाट कार्यमा वाधा आउनसक्छ। मन
भावुक र उत्ताउलो बन्नेछ। प्रेममा मनमुटाव आउने र अनावश्यक धन खर्च पनि हुनसक्नेछ।
मिथुन - तपाईको आज एउटै कामबाट दोहोरो लाभ मिल्ला। बन्धु बान्धवबाट
सहयोग पाइएला। जोशजाँगर र हिम्मत बढ्ने तथा प्रेम जीवन सुखद् रहला।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज रोकिएका
कामहरू पुनः सुरु हुन सक्ने छन। जोशजाँगर र उमङ्ग बढ्ने तथा नयाँ काममा हात हाल्ने
र शेयर बजारमा पनि रुचि बढ्ने समय छ।
सिंह – तपाईको आज
कुनै कुराले मनमा शान्ति छाउने र गरेका कामबाट राम्रै लाभ हुने तथा दैनिक कार्यमा
प्रगति हुने र धर्म र कर्ममा मन जानेछ ।
कन्या - कन्या राशीका तपाईको आज निर्णय कार्यान्वयन हुन नसक्ने, आत्मबलमा कमी
आउने, मनमा दुबिधा उत्पन्न हुने, बुद्धिले काम नगर्न सक्ने समय छ।
तुला - तपाइको आज कार्य सिद्धिको,
विपरित वर्गबाट विशेष सहयोग मिल्ने, वैदेशिक कार्य अघि बढ्ने र धार्मिक कार्यमा
पनि मन लाग्ने योग रहेको छ।
वृश्चिक – तपाईको आज सजिलै अरूको मन जित्न सकिएला। नयाँ ज्ञान सिक्ने
मौका मिल्ने र आफन्तको प्रगतिमा मन रमाउने तथा नयाँ कार्य वा रोजगारको अवसर मिल्ने
समय छ।
धनु – तपाइको आज धार्मिक कृत्यमा सहभागी बन्नु हुनुपर्नेछ।
परिणाममुखी जिम्मेवारी वहन गर्ने समय रहेको छ । श्रमको उचित मूल्याङ्कन पनि होला।
मकर - मकर राशीका तपाइको आज स्वास्थ्यमा
खर्च बढ्ने, आफन्तबीचको सम्बन्धमा मनमुटाव सिर्जना हुने, लगानी गर्नको लागी केही
समय कुर्नु पर्ने योग रहेको छ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज आयव्यय, लाभहानी, सुखदुख
बराबरी खालको समय रहेको छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ।
मिन –
तपाइको आज स्थानान्तरण
र टाढाको यात्रा सम्भावना रहेको छ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने तथा अरुलाई
प्रभावित पारेर काम बन्ने समय छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता