Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज साउन २७ गते शनिबारको राशीफल।

  •   ३ वर्ष अघि | २७ साउन २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल साउन २७ गते, साउन कृष्ण एकादशी तिथी शनिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज जोशजाँगर र हिम्मत बढेर जानेछ। मनोरञ्जनमा सहभागी भइएला। बन्धु बान्धवबाट सहयोग पाइएला। पारिवारिक सद्भाव पनि बढ्ला।

वृष – तपाइको आज आँटेको र ताकेको कार्य पुरा हुनेछ। खानपिन कार्यमा सरिक भइएला। दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट पनि होला।

मिथुन - तपाईले आज आफूलाई कमजोर भएको अनुभूति होला। कष्टकर यात्रा गर्नु पर्नेछ। भ्रमण, तथा खानपान खर्च बढ्ला। महत्त्वपूर्ण अवसर गुम्न सक्ला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज समाजसेवामा तथा धर्ममा मन जानेछ। सामाजिक कार्यमा सफलता पाइएला। शुभकार्यको चर्चा होला। राज्यबाट सहयोग मिल्नेछ।

सिंह – तपाईको आज सामाजिक क्षेत्रमा सफलता पाइएला। वैदेशिक कार्य अघि बढ्ने तथा कुटुम्बको सहयोग पाइनेछ। कार्य सम्पादनमा सहजता होला।

कन्या - कन्या राशीका तपाईको आज परोपकार काम गर्नुमा नै भलो होला। घरपरिवारमा रमाइलो वातावरण बन्नेछ, तर विश्वासपात्रलाई वचन दिँदा संयमता अपनाउनु आवश्यक हुनेछ।

तुला - तपाइको आज राज्यबाट दण्ड तथा जरिवाना हुन सक्नेछ, काम गर्दा सजग भएर काम गर्नुहोला। यात्रा गर्दा पनि सावधानी अपनाउनु पर्ला।

वृश्चिक – तपाईको आज रमाइलो यात्रा र आफन्तको सहयोग प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। शुभ समाचार सुन्न पाइनेछ।

धनु – तपाइको आजको दिन परोपकारी कार्यमा संलग्न हुने, साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुने र प्रेमीको सहयोग प्राप्त हुने तथा अतिथिको रूपमा सत्कार पाइने समय छ।

मकर - मकर राशीका तपाइको आज शुभकार्यको चर्चा हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने, भौतिक सुविधाका साधन खरिद गर्ने बेला छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज गरेको लगानीबाट नोक्सानी होला। लेनदेनको कार्यमा विशेष ख्याल गर्नुपर्नेछ। चिसोबाट पनि बच्नुहोला तर, नयाँ कार्यको योजना भने बन्नसक्छ।

मिन – तपाइको आज विद्या तथा प्रतिस्पर्धामा सफल भइएला। लगनशीलताले कामहरू अगाडि बढ्लान। प्रेमीको सहयोग पाइएला। आफन्तसँग भेटघाट पनि होला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप