Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असोज १ गते सोमबारको राशीफल।

  •   ३ वर्ष अघि | १ असोज २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल असोज १ गते, भदौ शुक्ल तृतिया तिथी सोमबार । आज हरितालिका तिज तथा विश्वकर्म पुजा । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज आत्मविश्वास र पराक्रममा वृद्धि हुने, अचल सम्पत्ति हात पर्ने, आँटेको र ताकेको कार्य पुरा हुने, तर सामान हराउन भने सक्ने योग छ।

वृष – तपाइको आज शुभ समाचार सुन्न पाइनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्ने तथा राज्यबाट मान सम्मान पाइएला। सामाजिक क्षेत्रमा सफलता पनि मिल्ला।

मिथुन - तपाई आज दाम, इनाम र प्रतिष्ठा कमाउने, शुभकार्यको चर्चा चल्ने, परिवारमा सुख सन्तोष छाउने र कला तथा गलाको प्रभाव पनि बढ्ने समय छ ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज आयव्यय, लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन रहेको छ। ठुलो कारोबारमा लगानी नगर्दा राम्रो होला। वैदेशिक कार्य भने सम्पादन होला।

सिंह – तपाईको आज रोकिएको धन हात पर्ला । धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन जानेछ। अतिथिको रूपमा सत्कार पनि पाइएला।

कन्या - कन्या राशीका तपाईको आज नयाँ कार्यको थालनी होला। लगनशीलताले कामहरू अगाडि बढ्लान। सामाजिक क्षेत्रबाट सहयोग पाइएला। पदोन्नतिको सम्भावना प्रबल रहेको छ।

तुला - तपाइको आज प्रेमीको सहयोग प्राप्त हुने, दाम, इनाम र प्रतिष्ठा कमाउने, न्यायिक कार्यमा सफलता मिल्ने र शुभकार्यको चर्चा चल्ने समय  छ।

वृश्चिक – तपाईको आज सरकारी निकायको भय होला। व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला, तर कुनै कुराले मन खुसी हुने र साँझमा शुभ समाचार सुन्न पाइएला।

धनु – तपाइको आज आफन्तसँग भेट घाट होला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। सांस्कृतिक काममा सरिक भइने र एकै कामबाट दोहोरो लाभ हनेछ।

मकर - मकर राशीका तपाइको आज अरुलाई प्रभावित पारेर काम बन्नसक्छ। मनोरञ्जनमा सहभागी भइने र पारिवारिक सद्भाव बढ्ने तथा व्यापारव्यवसायमा पर्याप्त लाभ मिल्ने योग छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउला। आकस्मिक धन लाभ होला। जोशजाँगर र हिम्मत बढ्ला। दाम्पत्य जीवन सुखमय रहला।

मिन – तपाइको आज प्रेममा बाधाका साथै मन कमजोर होला। दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गरिएला, स्वास्थ्य पनि बिग्रनसक्छ सचेत रहनुहोला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप