शुभ बिहानी, आज २०८० साल जेठ १ गते, जेठ कृष्ण एकादशी तिथी सोमबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज सहकर्मीबाट विरोध आउन सक्छ। चोटपटकको भय होला, तर पनि नयाँ र शुभ कार्यको थालनी हुने छ।
वृष - तपाईले
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला।
नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्नसक्छ। धार्मिक काम र भक्तिभाव बढेरजाला।
मिथुन - तपाईको
आज पूजा पाठमा मन लाग्नेछ। मनोरञ्जन पूर्वक दिन
बित्ने र नसोचेको ठाउँबाट धनागम हुने योग छ। घर परिवारसँग समय व्यतीत हुने अवसर छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी
आज सामाजिक र राजनैतिक कार्यमा सफलता हुनेछ।
सांगीतिक क्षेत्रमा रुचि बढ्ने र वैदेशिक क्षेत्रको काम भने अधुरै रहन सक्छ।
सिंह – तपाईको आज प्रेममा
मनमुटाव आउने र आफ्नो विचार विपरित निर्णय हुने समय छ। गरेका काममा ढिलासुस्ती होला।
साझेदारीको काममा उल्झन आउनसक्छ।
कन्या - कन्या राशीका तपाइँको आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको
सहकार्यले नयाँ अनुभव मिल्ने र नयाँ योजना पाइनेछ। शुभकार्यको चर्चा पनि हुनेछ।
तुला - आज तपाइले ठीक
समयमा सही निर्णय लिन सक्नुहुनेछ। सामाजिक कार्य अघि बढ्ने र शेयर बजरको कारोबारमा
सफलता मिल्ने योग छ।
वृश्चिक – तपाईको आज श्रद्धा र भक्ति बढेर जाला। महत्त्वपूर्ण कामको
थालनी होला। समाजसेवामा मन लाग्ने र शिक्षामा सामान्य सफलता मिल्ने समय छ।
धनु – तपाइको
आज स्वास्थ्यप्रति सजग रहन आवश्यक देखिन्छ। आफ्नो
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ र तरपनि
कुनै न कुनै कुराले मन प्रसन्न रहिरहनेछ।
मकर - मकर राशीका तपाईको आज
आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिएला। धर्मकर्म तथा समाजसेवामा मन जाने र नयाँ
ज्ञान सिक्ने मौका पनि मिल्ने योग छ।
कुम्भ - कुम्भ
राशी हुनेहरुका लागी आज स्वादिष्ट र सुखद्
भोजनको योग छ। पार्टी तथा सेमिनारमा सहभागी हुने र प्रयत्न गरे फाइदा लिन सकिने
समय छ। साथीभाइसँग समय बित्न योग छ।
मिन - तपाईलाई आज महिला वर्गबाट विशेष सहयोग मिल्ने
योग छ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन । वित्तिय संस्थाबाट पनि सहयोग पाइएला।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता