शुभ बिहानी, आज २०८० साल भदौ ४ गते, साउन शुक्ल नाग पञ्चमी तिथी सोमबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज धनार्जनका
नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन। महिला वर्गबाट विशेष सहयोग पाइएला। शिक्षामा
सफलता मिल्नुका साथै महत्त्वपूर्ण कामको थालनी हुनसक्छ।
वृष – तपाइको आज कला तथा साहित्यमा रुचि र वैदेशिक कार्य अघि बढेर
जानेछ, ठीक समयमा सही निर्णय लिन सकिएला। घरजग्गाको कारोबारमा सफलता पाइनेछ।
मिथुन - तपाईको आज सहकर्मीबाट विरोध आउन सक्छ। गलत निर्णय लिन पुग्ने
सम्भावना छ। चोटपटकको भय र यात्रामा मालसामान हराउन सक्ने हुनाले सचेत रहनुहोला।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज बिनाप्रतिस्पर्धा
फाइदा हुने, नसोचेको ठाउँबाट धनागम हुने, मनोरञ्जनमा सहभागिता भइने, आर्थिक
कारोबारमा सफलता पाइने योग छ।
सिंह – तपाईको आज
व्यवसायको सन्दर्भमा आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव दिनेछ। लगनशीलताले
कामहरू अगाडि बढ्लान साथीभाइसँग रमाइलो समय बित्नेछ।
कन्या - कन्या राशीका तपाईको आज कुनै कुराले मनमा शान्ति छाउने, घुमफिर र सफल
यात्राका विशेष अवसर मिल्ने, पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि रहेको
छ।
तुला - तपाइको आज अधिकार
प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। सरकारी निकायको भय रहला। स्वास्थ्यमा
प्रतिकूलता रहन सक्ने हुनाले सजग रहनु उचित हुनेछ।
वृश्चिक – तपाईको आज शुभकार्यको चर्चा हुने, रमणीय र सुखद् यात्रा
हुने, पार्टी तथा सेमिनारमा सहभागी भइने, प्रयत्न गरे फाइदा लिन सकिने योग छ।
धनु – तपाइको आज विपरीत वर्ग प्रति आकर्षण बढेर जानेछ। राजनैतिक
कार्यमा सफलता मिल्ने तथा वैदेशिक क्षेत्रको काम अघि बढ्ने र सांगीतिक क्षेत्रमा
रुचि बढ्ने समय छ।
मकर - मकर राशीका तपाइको आज प्रेम
र मित्रताको बन्धन कसिने छ। दाम्पत्य सुखमा रमाउने, आफ्नो अधिकार प्राप्तिका लागि
गरिएको प्रतिस्पर्धामा विजयी भइने समय रहेको छ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज समय र नियमलाई बेवास्ता
गर्दा चुनौती आइलाग्न सक्छ। गरेको काममा ढिलासुस्ती हुनेछ। पढाइलेखाइमा पनि बाधा आउन
सक्छ।
मिन –
तपाइको आज नयाँ
ज्ञान सिक्ने मौका पाउनु हुनेछ। रोकिएको धन हात पर्ने र धर्मकर्म तथा समाजसेवामा मन लाग्ने तथा आफ्नो
क्षेत्रमा प्रभुत्व जमाउन सकिने सम्भावना छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता