Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज बैशाख ४ गते सोमबारको राशीफल।

  •   ४ वर्ष अघि | ४ बैशाख २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल बैशाख ४ गते बैशाख कृष्ण द्वादशी तिथी सोमबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।

मेष- मेष राशि हुनेहरुको लागी आज कुनै कुराले मनमा प्रसन्नता छाउला, नयाँ कार्यको योजना बन्न सक्छ। बिनाप्रतिस्पर्धा फाइदा हुने र अरुलाई प्रभावित पारेर काम बन्ने समय छ।

वृष– तपाईको आज रोकिएका अधुरा कामहरू पुरा होलान। बोलीको प्रभाव बढ्नसक्छ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग रहेको छ। पढाइ लेखाइमा प्रगति होला।

मिथुन – तपाईलाई आज विशिष्ट व्यक्तिको साथ मिल्नेछ भने सामाजिक कार्यमा सफलता मिल्न सक्छ। जोशजाँगर र हिम्मत बढेर जाला, दैनिकी कार्य सहज हुनेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज विशिष्ट व्यक्तिको साथ मिल्नेछ। सामाजिक कार्यमा सफलता हात लाग्ला। जोशजाँगर र हिम्मत बढ्नुका साथै दैनिकी कार्य सहज हुनेछ।

सिंह –तपाईको आज प्रतीक्षा गरिएको काम पूरा हुनसक्छन। दैनिक कार्यमा प्रगति होला र नयाँ ज्ञान सिक्ने मौका मिल्न सक्छ। शुभ कार्यको चर्चा पनि हुनेछ।

कन्या –   कन्या राशीका तपाइको आज शैक्षिक क्षेत्रमा सफलता होला। पार्टी तथा सेमिनारमा सहभागी हुने समय मिल्ला। आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव दिलाउनेछ।

तुला – आज तपाइलाई न्यायिक कार्यमा सफलता मिल्ने र आँटेको, ताकेको कार्य पुरा हुनेछ। धार्मिक कार्यमा रुचि बढ्नुका साथै नजिकको मित्रसँग भेटघाट पनि हुने योग छ।

वृश्चिक – तपाईको आज पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रन सक्छ। सौन्दर्यतामा बढी धन खर्च होला। यात्रा गर्दा सचेत रहनु का साथै सामान हराउन सक्छ सचेत रहनुहोला।

धनु – तपाइको आज भाग्यले विभिन्न अवसर दिनेछ। कुनै कुराले मनमा शान्ति छाउनुका साथै नयाँ कामको थालनी हुनसक्छ भने मान प्रतिष्ठामा पनि वृद्धि हुनेछ।

मकर - मकर राशीका तपाईको आज शुभकार्यको चर्चा चल्नु का साथै विशिष्ट व्यक्तिको साथ मिल्नेछ। धार्मिक कार्यमा मन जानुका साथै मनको डरले सताए पनि व्यवहारमा फाइदानै होला।

कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज सामाजिक क्षेत्रमा सफलता मिल्ने र श्रमको उचित मल्याङ्कन हुने समय छ। मनोरञ्जनमा सहभागिता हुनुहोला। पुनर्मिलनको योग छ।

मिन –तपाईको आज गरेको काममा ढिलासुस्ती हुनाले दबाब र तनाव बढेको महसुस हुनेछ। पारिवारिक समस्या आइपर्न सक्छ। विचार गरेर निर्णय लिनु उचित हुनेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप