Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज साउन २९ गते सोमबारको राशीफल।

  •   ३ वर्ष अघि | २९ साउन २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल साउन २९ गते, साउन कृष्ण त्रयोदशी तिथी सोमबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको आज भ्रमण, खानपान तथा फेसनमा धन खर्च हुनेछ। राजनैतिक कार्यमा बाधा आउने तर आफन्तसँग भेटघाट भने होला।

वृष  तपाइको आज शुभारम्भको चर्चा हुने, अतिथिको रूपमा सत्कार पाइने, भौतिक साधन जुटाउने र लाभदायी रमाइलो यात्रा पनि हुने समय छ।

मिथुन - तपाईले आज पारिवारिक जीवन सन्तोषप्रद रहला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन। धर्मकर्म तथा समाजसेवामा मन जानेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज लाभदायक यात्रा र बिना प्रतिस्पर्धा फाइदा होला। परिवारसँग रमाइलो भेटघाट तथा रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा राम्रो होला।

सिंह तपाईको आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। गरेका काममा ढिलासुस्ती होला। यात्रा कष्टकर हुने तथा मालसामान पनि हराउन सक्ने सम्भावना छ।

कन्या - कन्या राशीका तपाईको आज चिताएको कामले तीव्रता लिने,   आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुने तथा आम्दानी बढाउने काम सुरु गर्न सकिएला।

तुला - तपाइको आज धेरै समय पछि आफन्तसँग भेटघाट होला। प्रेमीको सहयोग पाइएला। आँटेको र ताकेको कार्य पुरा हुनुका साथै राजनीतिक कार्यमा सफलता पाइएला।

वृश्चिक  तपाईको आज आँटेको र ताकेको कार्य पुरा हुनेछ। शुभकार्यको चर्चा हुने तथा मित्र जनबाट साथ सहयोग मिल्नेछ। सवारी साधन प्राप्तिको योग पनि रहेको छ।

धनु  तपाइको आज गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा आउनेछन। मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना रहेको छ, तर आफन्तले साथ भने दिनेछन।

मकर - मकर राशीका तपाइको आज चलाखीपूर्ण बोलीले कार्य सिद्ध होला। कला र गलाको प्रभाव बढेर जानेछ। शुभ समाचार सुन्न पाइने तथा ब्यापार व्यवसायबाट आम्दानी होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत होला। कूटनीतिक नियोगको र आफन्तको सहयोग प्राप्त होला। साहित्यिक क्षेत्रमा रुचि बढेर जानेछ।

मिन – तपाइको आज नजिकको मित्रसँग भेटघाट हुने, चिन्ता छाडेर चिन्तन गर्ने, कुनै कुराले मनमा शान्ति छाउने तथा धर्म र आस्था बढ्ने समय रहेको छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

 

 

  • न्युज बहार संवाददाता

थप