Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज बैशाख २५ गते सोमबारको राशीफल।

  •   ४ वर्ष अघि | २५ बैशाख २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल बैशाख २५ गते, जेठ कृष्ण तृतिया तिथी सोमबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च होला। घरायसी विवाद बढ्ने हुनाले वाणीमा लगाम लगाउन आवश्यक देखिन्छ।

वृष - तपाईको आज मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्ने योग छ। मनमा हर्ष, उमङ्ग र उत्साह आउला। वैदेशिक क्षेत्रको काम अघि बढ्न सक्छ।

मिथुन - तपाईको आज भाग्यले विभिन्न अवसरहरू दिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन र स्वास्थ्यको विशेष ख्याल दिनुहोला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज मनमा हर्ष, उमङ्ग र उत्साह आउनेछ। प्रेम र मित्रताको बन्धन कसिने र सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने समय छ।

सिंह – तपाईको आज घर परिवारमा झैझमेलाको अवस्था आउन सक्छ। आर्थिक पक्ष पनि कमजोर हुनेछ। स्वास्थ्यप्रति बढी सजग हुन आवश्यक देखिन्छ।

कन्या - कन्या राशीका तपाइँको आज धर्मकर्म तथा समाजसेवामा मन जानेछ। राज्यबाट सहयोग र मानसम्मान पाइएला। छोटो दुरीको लाभदायक यात्रा पनि हुनसक्छ।

तुला - आज तपाइको शुभकार्यको चर्चा हुनेछ। महिला वर्गबाट विशेष सहयोग निल्न सक्छ। आर्थिक क्षेत्र मजबुत हुने र प्रेमीको साथ पाइने समय छ।

वृश्चिक – तपाईले आज सजिलै अरुको विश्वास जित्न सक्नुहोला, विद्या र बुद्धिको विकास हुने र आकस्मिक लाभ र शुभ समाचार पनि सुन्न पाइएला।

धनु - तपाइको आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन रहेकोछ। धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्ने योग छ।

मकर - मकर राशीका तपाईको आज मनमा शान्ति छाउने र आँटेको,  ताकेको कार्य पुरा हुने समय छ। धार्मिक तथा सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्न सक्छ।

कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज शुभ कार्यको चर्चा हुनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने र अनुहारमा कान्ति छाउला। नयाँ उद्योग वा रचनात्मक काममा समय जुट्ने छ।

मिन - तपाईलाई आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन। पारिवारिक साथ र समर्थन मिल्ने र आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप