Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज पुस २३ गते सोमबारको राशीफल

  •   ३ वर्ष अघि | २३ पुस २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल पुस २३ गते, पुस कृष्ण द्वादशी तिथी सोमबार । सन २०२४ जनवारी ८ तारिक । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको आज समय प्रतिकुल भई कुलतमा मन जानेछ। लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात नपर्नसक्छ।

वृष – तपाइको आज सांस्कृतिक कार्यमा सरिक भइएला, आजको दिन रोकिएको पैसा हात पर्नेछ। सामाजिक क्षेत्रबाट सहयोग र सफलता प्राप्त होला।

मिथुन - तपाईको आज प्रणयसम्बन्ध र पारिवारिक सम्बन्धपनि सुमधुर रहनेछ। लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन रहेको  छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज वैदेशिक क्षेत्रको काम भने अधुरै रहन सक्छ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्ने र मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ।

सिंह – तपाईको आज घरायसी विवाद पनि बढ्नेछ। स्वास्थ्यमा धन खर्च होला। अरुको भलाइका लागि अनावश्यक दौडधुप गर्नु पर्ला।

कन्या – कन्या राशी हुनेहरुको लागी आज आँटेको र ताकेको कार्य पुरा होला।  सामाजिक कार्यमा सरिक हुने अवसर पाइएला। अनुहारमा कान्ति र मनमा शान्ति छाउला।

तुला - तपाइको आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ भने  स्वास्थ्य प्रति सजग रहन आवश्यक छ ।शुभकार्यको चर्चा पनि हुनेछ।

वृश्चिक – तपाईको आज शैक्षिक क्षेत्रमा सफलता पाइएला। बोलीको भरमा कार्य सम्पादन हुनुका साथै सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ होला।

धनु – तपाइको आज भाग्यले विभिन्न अवसर र साथ दिनाले गरेको काममा सफलता हात पर्न सक्छ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ।

मकर - मकर राशीका तपाइको आज पारिवारिक सुख पाइनेछ, समाजबाट मान सम्मान मिल्नुका साथै आज सेतो रङ्गको प्रयोगले विभिन्न समस्याबाट जोगाउनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज प्रेम र मित्रताको बन्धन कसिने समय छ। शुभकार्यको चर्चा होला। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ।

मिन – तपाइको आज आज सजिलै अरुको विश्वास जित्न गाह्रो हुने सक्छ। विद्या र बुद्धिमा पनि ह्रास आउने तर धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप