शुभ बिहानी, आज २०८० साल कार्तिक १३ गते, कार्तिक कृष्ण द्वितिया तिथी सोमबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज पारिवारिक
सद्भाव बढ्न सक्छ।
शुभ समाचार सुन्न पाइएला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नसक्छ। आफ्नो
क्षेत्रमा प्रभुत्व जमाउन सकिएला।
वृष – तपाइको आज बोलीको विपरीत अर्थ लाग्न सक्ने हुनाले संयम रहनु
होला, सामान हराउने वा चोरी हुने र कुनै चिन्ता पर्ने समाचार सुन्नु पर्ने सम्भावना
छ।
मिथुन - तपाईको आज कुनै कुराले मनमा शान्ति पनि छाउला, लामो समयदेखि
रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन। पारिवारिक सहयोग मिल्न सक्छ।
कर्कट - कर्कट
राशी हुनेहरुको आज
लागी कुनै कुराले मनमा शान्ति पनि छाउन सक्छ, मनमा
ठूलो उत्साह र उमङ्गको सिर्जना होला। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनुका
साथै सेयरबजारबाट पनि राम्रै लाभ पाइएला।
सिंह – तपाईको आज
आफ्नै दक्षतामा विभिन्न कार्यहरू पनि सम्पन्न होलान, नयाँ कार्यको थालनी हुनसक्ला।
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिएला।
कन्या - कन्या राशीका तपाईको आज नयाँ ठाउँमा लगानी गर्नु उपलब्धीमूलक हुने छैन, कडा
मिहिनेत गर्दा पनि राम्रो परिणाम हात नपर्न सक्छ। खर्च नियन्त्रणभन्दा बाहिर जानेछ।
तुला - तपाइको आज तीर्थाटनको, रमणीय
र सुखद् यात्राको योग रहेको छ। मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा
रमाउने समय रहेको छ।
वृश्चिक – तपाईको आज रमणीय र सुखद् यात्राको योग छ। दैनिक कार्यहरूमा
प्रगति हुँदै जाने र नयाँ वस्त्र, अलङ्कारको
प्राप्ति हुने तथा जोशजाँगर र हिम्मत बढेर जानेछ।
धनु – तपाइको आज काम देखाएर अरूको मन लोभ्याउन सकिएला, परिवारजनको
साथले नयाँ आशा दिनेछ। आकस्मिक धन लाभ हुन सक्नेछ।
मकर - मकर राशीका तपाइको आज हरेक
कार्यमा सतर्कता अपनाई सम्पन्न गर्नतिर लाग्नु उचित होला, मानसिक चञ्चलता बढ्ने र
कार्यक्रममा विघ्नबाधा आउन सक्नेछ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज स्वादिष्ट भोजन र अतिथिका
रूपमा सम्मान पाइएला। इच्छा र आकाङ्क्षा पूर्ण होलान। धनार्जनका नयाँ स्रोतहरू
पत्ता लाग्न सक्छ।
मिन –
तपाइको आज जीवनसाथीको
सल्लाहमा गरिएको कार्यमा अधिक सफलता हुनेछ, शुभकार्यको चर्चा चल्नुका साथै मनमा
हर्ष, उमङ्ग
र उत्साह छाउन सक्छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता