शुभ बिहानी, आज २०८० साल असोज १२ गते, भदौ शुक्ल पुर्णिमा तिथी शुक्रबार । आज विश्व मुटु दिवस । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज सन्तान
पक्षको मायामा कमी आउने छ। महत्त्वपूर्ण अवसर गुम्नाले दबाब र तनाव बढेको महसुस होला,
यात्रामा सावधानी अपनाउनु पर्नेछ आवश्यक छ।
वृष – तपाइको आज परिश्रमअनुसार उपलब्धि हात लाग्नेछ, सामाजिक
क्षेत्र र नोकरीबाट मानसम्मान पाइएला। पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढेर
जानेछ।
मिथुन – तपाईको आज शेयर बजार र पेसाव्यवसायका क्षेत्रमा फाइदा हुनाले,
उन्नति प्रगतिको वातावरण बन्ला। कुनै कुराले मनमा शान्ति छाउनसक्छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज रमाइलो
यात्रा गर्ने अवसर प्राप्त होला, परिवारजनको साथले नयाँ आशा दिनेछ। मित्रताको
बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय रहेको छ।
सिंह – तपाईको आज
स्वास्थ्य प्रति सचेत रहनु पर्नेछ, आफन्तसँग मनमुटाव बढ्न सामान हराउन र सक्छ,
आफूलाई कमजोर भएको अनुभूति होला।
कन्या - कन्या राशीका तपाईको आज जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुँदा रोकिएका
काम पुनः सुरु हुन सक्लान, तर्क, विवाद
र प्रतिस्पर्धामा राम्रो सफलता पाइएला।
तुला - तपाइको आजको दिन अध्यापनको
क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु होला, हाँसखेल र मनोरञ्जनपूर्ण र चिताएको
कामले तीव्रता लिने समय छ।
वृश्चिक – तपाईको आज जटिल ठानिएको कामसमेत बुद्धिको उपयोगले सम्पादन
हुन सक्नेछ, अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइएला।
धनु – तपाइको आज मनमा दोधारको अवस्था सिर्जना हुनाले विचार
पुर्याएर निर्णय लिनु राम्रो हुनेछ। दाम्पत्य जीवनमा एक किसिमको निरासता आउनेछ।
मकर - मकर राशीका तपाइको आज लाभदायक
यात्राको सम्भावना रहेको छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न हुनेछ। नोकरी
गर्नेले मानसम्मान पाउने देखिन्छ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज न्यायिक कार्यमा
सफलता मिल्नेछ, जटिल ठानिएको कामसमेत सजिलै सम्पादन हुनेछन। धार्मिक र सांस्कृतिक
सभा समारोहमा सरिक हुने सम्भावना रहेको छ।
मिन –
तपाइको आज लामो
समयदेखि रोकिएका अधुरा कामहरू पुरा होलान। रमाइलो यात्राको र त्यसबाट दीर्घकालिक
फाइदा पनि सम्भावना छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता