शुभ बिहानी, आज २०८० साल पुस ६ गते, मंसिर शुक्ल दशमी तिथी शुक्रबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष राशि हुनेहरुको आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला। आकस्मिक धन लाभ हुने तथा आँटेको र ताकेको
कार्य पुरा हुनेछ। पारिवारिक सद्भाव बढ्ने देखीन्छ।
वृष – तपाइको आज स्वास्थ्यमा समस्या
बढ्न सक्ने तथा आजको यात्रामा बिघ्नबाधा आइलाग्न सक्नेछ। आहार विहारमा विशेष
सावधानी अपनाउनु होला।
मिथुन - तपाईको आज स्वास्थ्यका
दृष्टिकोणले पनि राम्रो समय छ। प्रतिष्ठा र पदोन्नतिको सम्भावना रहेकोले आकस्मिक रूपमा धनप्राप्तिको
सम्भावना देखिन्छ।
कर्कट - कर्कट राशी हुनेहरुको लागी आज रमाइलो यात्राको योग छ। साथी भाइको भेटघाटले मन प्रफुल्ल हुनेछ। व्यावसायिक काममा राम्रै फड्को
मार्न सकिएला।
सिंह – तपाईको आज दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता पाइनेछ। आम्दानी बढाउने काम सुचारू गर्न सकिएला।
सामाजिक कार्यमा सफलता मिल्न सक्छ।
कन्या – कन्या राशी
हुनेहरुको लागी आज शेयर बजारमा उतारचढाव आइ रहनेछ। स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च होला।
शैक्षिक क्षेत्र कमजोर नै रहनेछ।
तुला - तपाइको आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। जोशजाँगर र हिम्मत बढ्नुका साथै धर्म‚ कर्म, परोपकार,
समाजसेवा जस्ता कार्यमा
मन जानेछ।
वृश्चिक – तपाईको आज बुद्धिको उपयोग
गर्दा जटिल ठानिएको कामसमेत सम्पादन होला। शुभ समाचार सुन्न पाइएला। महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ।
धनु – तपाइको आज आफ्नै दक्षतामा
कार्यहरू सम्पन्न होलान। अतिथिको रूपमा सत्कार पाइनेछ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा होला।
मकर - मकर राशीका तपाइको आज विचार गरेर निर्णय लिनु उचित हुनेछ। विद्या र बुद्धिमा ह्रास आउने तथा झुटा आरोप
आइपर्दा समस्या खेप्नुपर्ला भने सौन्दर्यतामा धन खर्च होला।
कुम्भ - कुम्भ राशीका तपाइको आज काम देखाएर अरूको मन लोभ्याउन सकिएला। आकस्मिक धन लाभ होला। साहित्यिक क्षेत्रमा
रूचि बढ्ने तथा बाहन लाभ हुने समय रहेको छ।
मिन – तपाइको आज व्यापार व्यवसायमा फाइदा हुनेछ।सहयोगी हातहरू अघि बढ्ने तथा आफन्तको प्रगतिमा मन रमाउनुका साथै पुनर्मिलनको योग समेत रहेको छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता