शुभ बिहानी, आज २०८० साल पुस १३ गते, पुस कृष्ण द्वितिया तिथी शुक्रबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष राशि हुनेहरुको आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ र सफलता मिल्नेछ। लाभहानी, आयव्यय,
सुखदुःख बराबरी खालको
समय रहेको छ।
वृष – तपाइको आज दैनिक कार्य र पढाइमा
प्रगति होला। मन प्रसन्न रहने र मनमा
शान्ति छाउनेछ। गरेका कामबाट राम्रै लाभ होला। धर्मकर्ममा मन जानसक्छ।
मिथुन - तपाईको आज धार्मिक यात्राको
योग रहेको छ भने मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। व्यवसायमा सफलता पाइएला।
आफन्तसँग रमाइलो भेटघाट होला।
कर्कट - कर्कट राशी हुनेहरुको लागी आज जोशजाँगर र हिम्मत बढ्ने देखिन्छ। प्रेम जीवन सुखद् नै रहला। एउटै कामबाट दोहोरो
लाभ र बन्धु बान्धवबाट सहयोग पाइनेछ।
सिंह – तपाईको आज सौन्दर्यतामा धन खर्च होला। सरकारी
निकायको भय हुनेछ। जिद्दीपनाले गर्दा काम
बिग्रने डर रहेको छ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्न सक्छ।
कन्या – कन्या राशी
हुनेहरुको लागी आज धार्मिक कृत्यमा सहभागी भइएला। परिणाममुखी जिम्मेवारी वहन गर्ने
समय आएको रहेकोछ भने सामाजिक कार्यमा सफलता हात लाग्ला।
तुला - तपाइको आज पहेँलो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन
सहयोग गर्नेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नुका साथै मिष्ठान्न भोजनको
अवसर जुट्नेछ।
वृश्चिक – तपाईको आज नयाँ कार्य वा
रोजगारको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका पाइनेछ। सजिलै अरूको मन जित्न सकिएला
भने आफन्तको प्रगतिमा मन रमाउला।
धनु – तपाइको आज अनावश्यक ठाउँमा धन
खर्च हुनाले प्रेममा मनमुटाव पनि आउनसक्छ। मन भावुक र उत्ताउलो होला। नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्न सक्छ।
मकर - मकर राशीका तपाइको आज जोशजाँगर र उमङ्ग बृद्धी हुनेछ। रोकिएका कामहरू पुनः सुरु होलान। कृषि कार्य अघि बढ्नुका साथै साहित्यिक
क्षेत्रमा रुचि बढ्नेछ योग छ।
कुम्भ - कुम्भ राशीका तपाइको आज जोशजाँगर र हिम्मत बढ्ने योग , र शुभ कार्यको योजना पनि बन्न सक्छ। विपरित वर्गबाट विशेष सहयोग पाइएला।
बिनाप्रतिस्पर्धा फाइदा हुन सक्ने सम्भावना रहेको छ।
मिन – तपाइको आज शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च होला। आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव दिनेछ। आँटेको र ताकेको कार्य पुरा हुनेछन।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता